दशैँको मुखमा ह्वातै बढ्यो सुनको मुल्य



नेपाली बजारमा आज सुनको मूल्य रु नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य रु ९० हजार एक सय तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला रु ८८ हजार ७५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला रु २५ले बढेको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १६५ तोकिएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्