श्रीपेच चोर्न खोज्ने खेमबहादुरको बयान : श्रीपेच लगाएपछि राजा बनिन्छ भन्ने लाग्यो



नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमको मुसिकोट नगरपालिका घर भइ हाल काठमाडौँबस्ने खेमबहादुर घर्ती रहेका छन् । उनको मा’नसिक अ’वस्था ठिक नभएको भन्ने जानकारीमा आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

उनले भित्र रहेको सो–केस फु’टाएर त्यहाँ रहेको श्रीपेच निकाल्न खोज्दा सुरक्षार्थ रहेका नेपाली सेनाले नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाएका छन् ।

उनले श्रीपेच राखिएको कोठाको भित्तामा रहेको सोकेसको सिसा फु’टाए । त्यहाँबाट खुकुरी निकालेर श्रीपेच भएतिर अघि बढे । यद्यपि संग्रहालयको सुरक्षामा ख’टिएका नेपाली सेनाको टोलीले तत्काल उनलाई नियन्त्रणमा लियो ।

उनी हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको नियन्त्रणमा छन् र उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीलाई दिएको बयानका क्रममा उनले राजा बनेर शासन चलाउन श्रीपेच निकाल्न खोजेको बताएका छन् ।

प्रहरीको सम्पर्कमा आएकी उनकी दिदीले भने उनको मानसिक स्वास्थ्यमा समस्या रहेको बताएकी छन् । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका घर्ती एक वर्षअघि नेपाल फर्किएका थिए । सङ्ग्रहालयमा राजाले लगाएको श्रीपेच सङ्ग्रह गरेर राखिएको छ ।

यता काठमाडौँ महानगरपालिका–८ गौशालाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तुसहित ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अ’वैध’रूपमा ओसारपसार तथा बे’चबि’खन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले उक्त वस्तु अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उक्त वस्तुसहित उनलाई कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको व्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्