‘सुन्दर, शान्त देशमा घुम्न पाउँदा खुसी लाग्यो’-पाकिस्तानी स्टार क्रिकेटर शाहिद



काठमाण्डौ । क्रिकेटका लागि नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटरले आइतवार माउन्टेन फ्लाइट गरेका छन् । उनी एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेट खेल्न काठमाण्डौ आएका हुन् । पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदीले ुमाउन्टेन फ्लाइटु पछि प्रतिकृया दिँदै यहाँको हिम शृङ्खलाले आफुलाई मोहित बनाएको बताए । एअरलाइन्सको जहाजमा अफ्रिदीले आइतवार बिहान माउन्टेन फ्लाइट गरेका थिए ।

सुन्दर, शान्त हिमाली देश नेपालमा आउन पाउँदा नै निकै खुसी लागेको बताएका उनले हिम श्रृंखलाले थप मोहित बनाएको प्रतिकृया दिए । उनले पहिलो पटक पर्वतीय उडान गर्न पाउँदा आफूलाई खुसी लागेको र दृश्यावलोकनले रोमाञ्चित बनाएको बताए ।

‘उनले कोभिडको असर पनि नेपालमा निकै कम रहेकाले ढुक्कसँग नेपाल घुम्न सकिने अनुभव गरेको पनि बताए । उडानपछि प्रतिक्रिया दिँदै उनले महत्त्वपूर्ण अवसर र आकर्षक दृश्यावलोकनका लागि यती एअरलाइन्स परिवार र चालकदललाई धन्यवाद व्यक्त गरे ।

अहिले हरेक आइतवार पर्वतीय उडानको सुरुवात यती एअरलाइन्सले गरेको छ । तर यात्रुको माग अनुसार त्यको संख्या र तालिका पनि परिवर्तन गर्न सकिने एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

हिमाल चढ्न नसक्ने र ट्रेकिङ जान नसक्ने व्यक्तिहरूका लागि पर्वतीय उडान आकर्षक मानिन्छ । पर्वतीय उडानमार्फत यात्रुहरूले लाङटाङ, गौरीशङ्कर, मेलुङ्छे, चोयु, नुप्त्से, लोत्से, आमादब्लम, मकालु, सगरमाथालगायत विश्वका आठ वटा अग्ला हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यसप्रति यात्रुहरूको आकर्षण बढेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्