करिब २ घण्टा आकासमा फनफनी घुमेको जहाज यसरी गराइयो अवतरण



काठमाडौँ । ७७ जना यात्रु बोकेर विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियरमा समस्या आएपछि अवतरण नगरी काठमाडौँमा अवतरण गरेको छ । उक्त विमान केही बेरअघि मात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका निमित्त प्रमुख राजकुमार क्षेत्रीले ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगरमा अवतरण हुन नसकेको र समस्या भएको अवस्थामा उपलब्ध सुविधाका आधारमा अवतरणका लागि सजिलो हुने भएकाले काठमाडौँ फर्किएको जानकारी दिए । संवेदनशीलताका कारण विमानस्थलमा एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिएको थियो।

विहान काठमाडौवाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि फेरी काठमाडौमै ल्याएर फोर्स ल्याण्डिगं गरिएको थियो ।

विमानमा सवार यात्रु सकुशल रहेका छन्। जहाजमा रहेका सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। विमानमा ७५ जना यात्रु सवार थिए।

सोमबार बिहान ८।३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो। विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुन काठमाडौं फर्काइएको थियो। विमानमा समस्या आएको थाहा पाएपछि यात्रुहरु डराएका थिए । जहाज काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइ अलर्ट गरिएको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्