बहुप्रतिक्षित काठमाडौ र विराटनगरको खेल यसकारण अचानक रद्ध



काठमाडौं । काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीचको खेल रद्द भएको छ । काठमाडौं र विराटनगरबीचको खेल अब आयोजकले एकदिने सिग्नलमा सार्न सक्ने छ । खराव आउटफिल्डका कारण खेल हुन नसक्दा खेल रद्द गरिएको हो । काठमाडौं र विराटनगरबीचको खेल बिहान ९ः३० बाट हुने कार्यक्रम रहेको थियो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंमा साहिद अफ्रिदी रहेका थिए । पहिलो खेलमा जित निकालेको काठमाडौंका लागि आजको खेल महत्वपूर्ण रहेको थियो । यता, करण केसीको कप्तानीमा रहेको विराटनरलाई पहिलो खेलमा पराजित हुँदा आजको खेल महत्पूर्ण रहेको थियो ।

पहिलो खेलमा ललितपुर प्याट्रियट्समाथि सहज जित निकालेको काठमाडौं आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा थियो । विश्व चर्चित क्रिकेटर साहिद अफ्रिदीको साथ पाएको काठमाडौं ईपीएलको उपाधि दावेदार टोली हो ।

काठमाडौंका कप्तान सन्दीप लामिछानेले आफूहरुको प्रदर्शनलाई निरन्तरता दिने बताएका थिए । विराटनगरसँग हुने दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाइ थियो । ललितपुरसँका खेलपछि उनले यस्तो बताएका थिए ।

यता, करण केसीको कप्तानीमा रहेको विराटनगर प्रतियोगितामा दोस्रो जित निकाल्ने योजनामा हुनेछ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्