बाल्यकालदेखि नै प्रेमिकाको मामिलामा अगाडि रहेका रणबीरले ऐश्वर्यालाई प्रभावित पार्न झुटसमेत बोले



रणबीर कपूरको जन्म २८ सेप्टेम्बर १९८२ भएको थियो , उनि सानै देखि चकचके र निकै बदमास थिए , रणबीरलाई पढ्नभन्दा खेलकुदमा रुची राख्दथे जसका कारण उनीले असाध्यै गालीसमेत खान्थे । रणबीर बाल्यकालदेखि नै निकै चकचके थिए र सकेसम्म पढ्न नपरोस् भन्नेमा हुन्थे ।

सञ्जु, रकस्टार, ए दिल हे मुश्किल र ये जवानी हे दिवानजस्ता हिट फिल्ममा उत्कृष्ट अभिनयको नमूना पेश गरिसकेका नायक रणबीर कपुर आज ३९ वर्ष पूरा भएका छन् । रणबीरले भनेका छन- उनले पनि पढ्न नपरोस् भनेर बलिउडमा कदम राखेका हुन् । स्कूलको पढाई पूरा गरेपछि रणबीर फिल्म स्टडिजका लागि न्यूयोर्क गएका थिए त्यसपछि उनले सन् १९९९ को फिल्म ‘आ अब लौट चले’ बाट बलिउडमा सह–निर्देशकको रुपमा कदम राखे । यो फिल्ममा ऐश्वर्या मुख्य भूमिकामा थिइन् ।

रणबीर यति बदमास थिए कि वउनले मजाक गर्दै दमकलको अलार्म बजाइदिएपछी लुक्न गए केही समयमै आगो लागेको खबर सुनेर दमकल उनीहरु बसेको घरमुनी आइपुगेको थियो । हंगामा भएको देखेपछि उनी आफ्नी हजुरआमाको पछाडि लुके र उनलाई वास्तविकता बताए ।

भारतका लाखौं मानिस झैं रणबीर कपुर पनि ऐश्वर्याका प्रशंसक थिए तर उनी नायिकाभन्दा निकै कान्छो थिए । रणबीरले लण्डनमा फिल्मको सुटिङका बेला ऐश्वर्यालाई प्रभावित पार्नका लागि परीक्षामा ६५ प्रतिशत आएको बताएका थिए जबकी उनको ५४.३ प्रतिशतमात्रै आएको थियो । वर्षौंपछि रणबीर र ऐश्वर्या सन् २०१६ को फिल्म ए दिल हे मुश्लिकमा सँगै देखिएका थिए । यो फिल्ममा यिनीहरु दुईको बोल्ड सीन देखेर सबै हैरान भएका थिए ।

आजकाल आलिया भट्टसँग सम्बन्धका कारण चर्चामा रहने रणबीर बाल्यकालदेखि नै प्रेमिकाको मामिलामा अगाडि दिए । अभिनेताले एक शोको क्रममा उनले ८ कक्षामा पहिलो प्रेमिका बनाएको बताएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्