यिनै हुन् जसले म ‘यूके लाहुरे हुँ’ तिमीलाई माया गर्छु भन्दै महिलासँग लाखौँ ठगी गर्थे



सामाजिक सञ्जाल फेसबुकमा आफू ‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर अनलाईन ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा भोजपुर घर भएर हाल काठमाडौँको बूढानीलकण्ठ–१० चुनिखेलमा बस्दै आएका ३१ वर्षीय केदार राई हुन् ।

फेक नामको आईडी बाट फ्रेन्ड रिकुस्ट पठाई साथी बनी म युकेको लाहुरे हुँ हाल अहिले युके मा छु भनि उनले मलाई माया गर्छु, तिमिलाई युकेमा लैजान्छु। तिमीलाई यूके लैजान्छु’ भन्दै प्रलोभन देखाऊथे । मेरो श्रीमती इटहरीमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो। छोराछोरी लण्डलमा होस्टल राखेको छु। नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेन्जर मार्फत कुराकानी गर्थे ।

गत भदौ १६ गते राईले ती महिलालाई आफ्नो आमा कलेजोको रोगी भएको र बिरामी परेर ग्राण्डी अस्पतालमा उपचाररत रहेको बताएका थिए । उपचारका लागि केही रकम आवश्यक परेको भन्दै पटक–पटक गरी १ लाख ६० हजार ५ सय रुपैयाँ नगद, सुनको बेरुवा औँठी, सुनको लकेटसहितको सिक्री आफै लिएर ठगी गरेको प्रहरीको भनाइ छ ।

ठगी गर्ने कार्यमा संलग्न जिल्ला भोजपुर साल्पासिलिछो गाउपालिका वडा नं. ४ लिम्खिया घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १० चुनिखेल बस्ने बर्ष ३१ को केदार राई लाई प्रहरीले पक्राउ गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्