काठमाडौंको कपनबाट चार वर्षका बालक हराएपछी छिमेकि माथि आशंका



काठमाडौं । काठमाडौंको कपनबाट चार वर्षका बालक हराएका छन् । भारत घर भइ कपनको टहरोमा बस्दै आएका विनोद शर्माका छोरा पियुस हराएका हुन् । सोमबार दिउँसो साढे चार बजे छोराको अपहरण भएको भन्दै बुवाले महानगरीय प्रहरी परिसर बुढानिलकण्ठमा निवेदन दिएका छन् ।

प्रहरी स्रोतका अनुसार बालकलाई चिनजानकै व्यक्तिले लगेको देखिएको छ । ती व्यक्तिको पहिचान भइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी स्रोतले बतायो ।

प्रहरीका अनुसार नजिकै रहेको अर्को टहरोमा बस्दै आएका शंकर दासले बालक अ’प’हरण गरी लगेको देखिएको हो । अपहरणमा परेका बालक र अप’हर’णमा सं’ल’ग्न भनिएका दास दुबैको घर भारतमा रहेको बुझिएको छ ।

सोमबार दिउँसो साढे चार बजेबाट बालकलाई लिएर दास वेपत्ता भएका छन् । मोबाइल समेत आफ्नै कोठामा छाडेर बालक लिएर वेपत्ता भएको प्रहरीले जनाएको छ । सोमबारदेखि वेपत्ता भएपछि प्रहरीले उनको खोजी जारी राखेको छ तर अहिलेसम्म दास र बालकलाई फेला पार्न सकेको छैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्