प्रेमिकालाई आमाले स्वीकार गर्न नमानेपछी तनाबमा रोनाल्डो !



एजेन्सी – क्रिस्टियानो रोनाल्डोले प्रेमिका जर्जिना रोद्रिगेजसँग विवाह गर्लान् कि नगर्लान् भनेर कौतुहलता बढेको छ। जर्जिना स्पेनिश मोडेल हुन्। हालै उनलाई रोनाल्डोसँग विहे गर्ने योजना बनाउनु भएको छ ? भनेर सोधिएको थियो।

होस् भन्ने चाहन्छु तर यो कुरा ममाथि मात्रै भर पर्दैनु, जर्जिनाले हाँस्दै प्रश्नको उत्तर दिएकी थिइन्। यता रोनाल्डोले अहिलेसम्म विवाहको प्रस्ताव गरेका छैनन्। विवाह नभए तापनि दुबैजना म्यान्चेस्टरमा चार सन्तानसँगै खुसीसाथ बसिरहेका छन्।

रोनाल्डोका चार सन्तान छन्। जर्जिना छोरी एनालाकी आमा हुन्। क्रिस्टियानो जुनियर उनका जेठा छोरा हुन्। २०१० मा जन्मिएका जुनियरकी आमाको नाम भने रोनाल्डोले अहिलेसम्म गोप्य नै राखेका छन्। त्यस्तै उनले सरोगेसीमार्फत् जुम्ल्याहा छोरी इभा र छोरा म्याटियो समेत जन्माएका छन्।

रिपोर्ट अनुसार जर्जिनाले रोनाल्डोको विवाह प्रस्ताव पर्खेर बसेकी छन्। तर रोनाल्डोको परिवार तगारोको रुपमा देखिएको बताइन्छ। विशेषगरी आमा मारिया डोलोरेसले आफ्नो छोराले जर्जिनासँग विवाह नगरोस् भन्ने चाहेकी छन्।

मोडेल जर्जिनाले आफ्नो छोरोको सम्पत्ति देखेर विवाह गर्न चाहेको मारियाको बुझाइ रहेको रोनाल्डो निकट स्रोतले जनाएको छ। मारियाले हालै जर्जिनासँग आफ्नो सम्बन्ध राम्रो भएको र छोरालाई गरेको सपोर्टका लागि मोडेलको निकै प्रशंसा गर्ने बताएकी छन्। तर सम्बन्ध राम्रो हुँदाहुँदै पनि मारियाले जर्जिनालाई बुहारीको रुपमा भित्र्याउन चाहेकी छैनन्।

आमा मारियाले मात्रै होइन, रोनाल्डोका अन्य तीन छोराछोरीले समेत यस्तै सोच्ने गरेका छन्। यसबाट परिवारबाटै चर्को विरोध भएको प्रस्ट हुन्छ। परिवारबाटै दबाब आउन थालेपछि रोनाल्डो हल्का तनावमा रहेको समेत बताइन्छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्