को हुन् यि इच्छाराज जसले ७० जनालाई ठगी गरे ? आफै बैंकका अध्यक्ष र लोन शाखाका प्रमुख बनेर के के गरे ?



काठमाडौं । सिभिल बैंकका अध्यक्षसमेत रहेका इच्छाराज तामाङले ७० भन्दा बढीलाई ठगी गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । उनलाई ७० जनाले प्रहरीमा उजुरी दिएका छन् । प्रहरीमा उजुरी परेपछि इच्छाराजलाई प्रहरीले सोमवार पक्राउ गरेको छ । उनी सहित १२ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

सोमबार तामाङसहित १२ जनालाई सीआईबीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका सबैविरुद्ध म्याद थपको तयारी भएको सीआईबी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

तामाङ अध्यक्ष रहेको सिभिल सहकारीबाट ९० प्रतिशत ऋण आफैँ लिएर नतिरेको देखिएको छ । प्रहरीका अनुसार करिब आठ अर्ब रुपैयाँ निक्षेप रहेको सहकारीबाट सात अर्ब बढी ऋण तामाङसहित उनका आफन्तले मात्रै लिएको पाइएको छ ।

तामाङले २०५५–५६ मा सहकारी खोलेका थिए । उनी सहकारीको अध्यक्ष र लोन शाखा प्रमुख दुवै आफै बनेका थिए । सहकारीसँगै उनले घरजग्गाको कारोबार बढाए । घरजग्गाका लागि सबैजसो ऋण सोही सहकारीबाट लिए । सिभिल होम्सले एक हजारभन्दा बढी घर बनाएर बिक्री गरेको तर सहकारीबाट लिएको ऋण तामाङले नतिरेको आरोप निक्षेपकर्ताले लगाएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्