दसैंको मुखमा यति ठूलो विपत्ती : २४ जनाको घटनास्थलमै मृत्यु, घाइतेलाई नेपालगन्ज लगियो



काठमाडौ । मुगुमा बस दुर्घटना हुँदा अहिले सम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । दशैँमा घर जाने यात्रु बोकेको बस सडकबाट निकै तल ख’से’को प्रमुख जिल्ला अधिकारी महतको भनाइ छ । भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार बसमा ३९ जना यात्रु सवार थिए ।

उनीहरुमध्ये २४ जनाको मृत्यु भएको र घाइतेको उद्धार गरेर तत्कार्लै अस्पताल पुर्याइएको छ । उद्धारका लागि हेलिकप्टर समेत घटनास्थलमा पुगेको छ । अहिले प्रमुख जिल्ला अधिकारी महत र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ । घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर घटनास्थलतर्फ गएको छ । १४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्ज लगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको छ । फाइल तस्बिर

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्