साम्राज्ञीको यो गीतमा टिकटक बनाउनेलाई २५ हजार देखि १ लाख सम्म पुरस्कार (भिडियो हेर्नुस्)



काठमाडौं । नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको ‘माया पिरेम’गीतमा टिकटक बनाउनेले एक लाख रुपैया पुरस्कार पाउने भएका छन् । टिकटक प्रतियोगितामा उत्कृष्ट हुनेले पुरस्कार पाउने भएका हुन् । सो गीतको टिकटक प्रतियोगीता हुने भएको हो। प्रतियोगितासँगै विजेताले २५ हजारदेखि एक लाखसम्म पुरस्कार पाउने निर्माण टिमले जनाएको छ।

नव कलाकार देलविस दर्शनधारी र राज तुम्बाहाम्फेले डेब्यु गरेको माया पिरेम बोलको गीतको म्यूजिक भिडियोमा टिकटक प्रतियोगिताको समय अवधि बढाइएको छ। करिब एक हप्ता अगाडि युट्युबमा सार्वजनिक भएको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल अलिसा शर्माको अभिनय रहेको उक्त गीत यतिबेला लोकप्रिय भइरहेको छ। यसलाई थप लोकप्रिय बनाउन आयोजकले टिकटक प्रतियोगीता आयोजना गरिएको हो ।

ट्री इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतको भिडियोलाई युट्युबमा २१ लाखभन्दा बढी पटक हेरिएको छ। गीतको सफलतासँगै निर्माण टिमले गीतमा टिकटक प्रतियोगिताको आयोजना गरेको हो।

टिकटकमा ट्री इन्टरटेन्मेन्टको यूट्यूबमा गीतको क्लिपहरु राखिएको छ। प्रतियोगीले आयोजकले दिएको विभिन्न ह्यास्ट्याहरु प्रयोग गर्दै आफ्नो भिडियो बनाउनुपर्ने छ। प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो ५० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट १० जनाले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा जसको सबैभन्दा बढी भ्यूज र लाइक आउँछ उसैलाई बिजेता घोषणा गरिने बताइएको छ। प्रतियोगीले धेरै भिडियो बनाउन पर्ने छ। माइकल चन्दले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेको भिडियोमा विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको छ। डिपी खनालले लेखेको गीतलाई शंकर स्माइलले संगीत भरेका छन्। संगीत संयोजन उदय राज पौडेलले गरेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्