कांग्रेसको वडा उपसभापतिले एमालेको सचिवमा चुनाव जितेपछि कांग्रेसका नेता छक्क



काठमाडौ । राजनीतिमा कहिले काँही अनौठो हुन्छ । दार्चुलामा एउटा त्यस्तै घटना भएको छ । भर्खर सम्पन्न नेपाली कांग्रेसका निर्वाचनवाट वडा उपसभापति जितेका एक जना नेताले नेकपा एमालेको चुनावमा पनि भाग लिएर सचिवमा चुनाव जितेका छन् । आफ्ना पार्टीका उपसभापति एमालेको सचिवमा निर्वाचित भएको खबर थाहा पाएर कांग्रेसका नेता कार्यकर्ता भने छक्क परेका छन् ।

जिल्लाको महाकाली नगरपालिका–२ का कांग्रेस वडा उपसभापति शंकरसिंह डोबालले एमालेमा उम्मेदवार बनेर सचिवमा निर्वाचित बनेका छन् । उनी महाकाली नगरपालिका–२ मा शनिबार सम्पन्न एमालेको वडा अधिवेशनबाट सचिव बनेका हुन्।

यसअघि असोज ९ मा भएको कांग्रेसको वडा अधिवेशनमा डोबाल उपसभापति चयन भएका थिए। उहाँ (डोबाल) ले पार्टी छाड्ने भन्ने कुरा सभापतिज्यू, हामी कसैलाई पनि जानकारी दिनुभएन’, नेपाली कांग्रेसबाट निर्वाचित महाकाली नगरपालिका–२ का वडासदस्य गणेश सिंह फरालले प्रतिकृया दिँदै भने, ‘एक्कासि हिजो एमालेको वडा सचिव बन्नुभयो।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्