पहिलो पटक आफ्नो सफाइमा बोले आर्यन खान, एनसीबीलाई लगाए यस्तो आरोप



काठमाडौ । अक्टोवर ८ मा पक्राउ परेर पटक पटक जमानतको निवेदन स्थगित भएका आर्यन खानले पहिलो पटक आफ्नो बचाउमा मुख खोलेका छन् । उनी १६ दिन देखि जेलमा छन् । बलिउड कलाकार शाहरुख खानका छोरा आर्यनले आफ्नो फोन च्याटलाई प्रहरीले गलत तरिकाले प्रयोग गरेको बताएका छन् । उनलाई एनसीबी टोलीले ड्रग घटनामा पक्राउ गरेको हो ।

केही दिन अघि सम्म निकै शान्त र चिन्तित देखिने गरेका आर्यनको ब्यवहार पनि परिवर्तन हुन थालेको छ । उनी त्यहाँ रहेका अन्य ब्यक्तिसंग घुलमिल हुन थालेका छन् । आर्यनको जमानतको निवेदन पटक पटक स्थगित भइरहेको छ। अब अक्टोबर २६ मा उनको जमानतको सुनुवाइ उच्च अदालतमा हुनेछ। उनले त्यहाँ खाना खाएका छैनन् । क्यान्टिनवाट विस्कुट मात्र मगाउने गरेका छन् । अनि पानी मात्र खाइरहेका छन् ।

यसैबीच, जेलमा रहँदा आर्यन त्यहाँको वातावरणमा घुलमिल थालेका छन् । आर्यनको दिनचर्यामा पनि परिवर्तन देखिएको छ। आर्यनले एनसिबी विरुद्ध आरोप लगाएका छन्।

उनले आफ्नो च्याटलाई एनसिबीले गलत तरिकाले अदालतमा पेस गरेको गुनासो गरे। आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा छन्। आर्यनले जेलमा कै दी नम्बर ९५६ पाएका छन्।

इन्डिया डटकमका रिपोर्टअनुसार आर्यन खानले बम्बई उच्च अदालतमा अपील गर्दै आफ्नो बयानमा आफ्नो फोनबाट निकालिएको ह्वाट्सएप च्याटको शृङ्खलालाई गलत रूपमा प्रस्तुत गरिएको बताए।

उनले छापाको क्रममा एनसीबीले उनीवाट कुनै ड्रग पनि फेला नपारेको खुलासा गरे। ुपार्टीमा धेरै मानिसहरू थिए तर उनीहरूले अरबाज मर्चेन्ट र अचित कुमारलाई मात्र चिन्थे,ु आर्यनले भने।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्