अब पाँच वर्षमाथिका बालबालिकालाई दिन मिल्ने खोप बजारमा आयो



न्युयोर्क – अमेरिकी विज्ञहरुले कोभिडबिरुद्धको फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने बताएका छन् । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूको एउटा समूहले पाँच वर्षदेखि माथिका बालबालिकालाई फाईजर खोप दिन मिल्ने बताएको हो ।

विज्ञहरुका अनुसार सो उमेर समूहका बालबालिकालाई वयस्कलाई दिइएको खोपको एक तिहाइ मात्रा दिइनुपर्छ । विज्ञहरुले खोपलाई स्वीकृत गरेसँगै २ करोड अमेरिकी बालबालिका यसबाट लाभान्वित हुनेछन् । तर, एफडीए र अमेरिकाको रोग नियन्त्रण तथा उन्मूलन केन्द्रबाट खोप अनुमोदन हुन भने बाँकी छ ।

यसअघि सेप्टेम्बरमा खोप निर्माता कम्पनीले परीक्षणपछि सानो उमेर समूहका बालबालिकालाई पनि खोप दिन सकिने जनाएको थियो । अमेरिकामा सो खोप १२ वर्षमाथिकालाई केही महिनाअगाडिदेखि दिन थालिएको छ ।

अमेरिकाले १ लाख भन्दा बढी फाइजर खोप नेपाललाई अनुदानमा दिएको छ । पहिलो चरणमा १२ वर्षमाथिका दी’र्धरोगीलाई सो खोप दिइने छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्