जब श्रीमती संग सुतिरहेका श्रीमानले बे’ड मु’नि बाट केटाको आवाज आएपछि ……



एजेन्सी ।  श्रीमतीसँग मस्त सुतिरहेका श्रीमान् राती साढे २ बजे प’लङमुनिबाट आवाज आएपछि ब्यूँझिए । उनले पलङ’मुनि के रहेछ भनेर हेर्दा त्यहाँ उनकी श्रीमतीका प्रेमी लु’कि’रहेको भेट्टाए । बे’ड’रुममा श्री’मतीका प्रेमी भेट्टाएपछि उनी रि’सले आ’गो भए । उनले प्रेमीलाई त्यहीँ म’रणा’स’न्न हु’नेगरी कु’टे । ह’ल्ला’खल्ला भएपछि गाउँलेहरु जम्मा भए । ती व्यक्तिले श्रीमती र उनका प्रे’मीलाई एउटा कोठामा थु’नि’दिए ।

भारतको बिहार कटिहार जिल्लामा यस्तो वि’चि’त्रको घ’टना भएको हो । मंसुर नाम गरेका ती व्यक्तिकी पत्नी फरिदा खातुन पाँच बच्चाकी आमा हुन् । केही समय अघिदेखि फरिदाको गाउँकै मोहम्मद मासूम नामका युवकसँग प्रे’म स’म्बन्ध चलिरहेको बताइएको छ ।

मंसुरले यसअघि पनि आफ्नी श्रीमतीलाई प्रेमीसँग आ’प’त्ति’ज’नक हा’लतमा भे’ट्टाएका थिए । त्यतिबेला उनले अ’बका दिनमा यस्तो नगर्ने चे’ता’वनी दि’एर छोडेका थिए । तर, ती दुईले त्यसपछि पनि लगातार भेटिरहे । मंसुरको घरमा पाँच कोठा छन् । फरिदाले आफ्ना छोराछोरीलाई अ’र्कै को’ठामा सुताएर आफू श्रीमान्सँग सुत्ने गर्थिन् । श्रीमान् र परिवार निदाएपछि उनले रातीमा आफ्ना प्रे’मीलाई घरमै बोलाउँथिन् ।

मंगलबार पनि यस्तै भएको थियो । फरिदासँग भेट्न उनका प्रेमी मासूम उनको बेडरुममै पुगेका थिए । त्यही बेला उनका श्रीमान्ले ढो’का ढक्ढक्याए । ड’रा’एका मासुम बे’डमुनि लु’के । तर मं’सु’रलाई निद्रा लागेन । त्यही का’र’ण बेडमुनि सु’तेका मासूम पनि भाग्न पाएनन् । घटनापछि गाउँमा पञ्चायत बोलाएको बताइएको छ ।

त्यसतै, रामपुर नगरपालिकाभित्र सञ्चालन हुने गाडी भाडामा सर्वसाधारण यात्रु ठगिएको गुनासो छ । यातायात समितिले निर्धारण गरेको भाडादर भन्दा बढी रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीले बताएका छन् । यात्रु तथा स्थानीयवासीबाट गाडीधनीले धेरै रकम असुल्ने गरेको गुनासो यत्रतत्र बढेपछि युवा सङ्घ नेपाल रामपुर नगरपालिका–१० पाल्पाले गाडी भाडादर समायोजन ध्यानाकर्षण गराउँदै नगरपालिकामा निवेदन दिएको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रशासन कार्यालयका प्रमुख, यातायात समिति, पत्रकार, प्रहरीलगायत रोहबरमा गाडीको भाडादर सम्बन्धमा सम्बन्धित यातायात व्यवसायी समितिले तोकेभन्दा बढी रकम असुल्न नमिल्नेमा जोड दिइएको छ ।

युवा सङ्घका सदस्य विपुल पोखरेलले रामपुर नगरपालिकाको गेझा बर्दलेबाट बेझाड बजारसम्म करिब १२ किलोमिटरको दूरीमा रु ३०० तिर्नु परेको गुनासो गरे । “गाडीधनीले मनपरी भाडा लिने गरेका छन्, कालीगण्डकी करिडोरको पक्की सडकमा छोटो दूरीमा धेरै भाडा तिरेर यात्रु गर्नुपर्दा सर्वसाधारण यात्रु मर्कामा परेका छन्” उनले भने ।

बस, कार, भ्यानले मनपरी भाडा असुल्ने गर्दा सर्वसाधारण यात्रु मर्कामा परेकाले भाडा समायोजन गरिदिन अनुरोध गर्दै नगरपालिकामा निवेदन बुझाएको मनिराम पौडेलले बताए । रामपुरको बेझाड बजारदेखि रामटारसम्मको करिब १५ किलोमिटरको दूरीमा नमस्ते रामपुर यातायात प्रालिले रु २०० भाडादर तोकेको छ । तर सम्बन्धित यातायात धनीले दोब्बर भाडा लिने गरेको यात्रुको गुनासो छ ।

यातायात व्यवसायीसँग बसेर निश्चित भाडाको दररेट, गाडी गुड्ने क्षेत्र निर्धारण, ट्राफिक व्यवस्थापनलगायत विषयमा छिट्टै निर्णय गरेर यात्रु महानुभावलाई सुलभ रुपमा सेवा दिने नगर प्रमुख रमणबहादुर थापाले बताए । “समितिले तोकेको भन्दा बढी भाडा असुल्न नपाइने र अब सम्बन्धित निकायले निश्चित भाडादर तोक्नेछ, कसैले अटेर गरेर मनपरी भाडा असुलेको प्रमाणसहित जानकारी आएमा सम्बन्धित निकायले कारबाही गर्नेछ”, नगर प्रमुख थापाले भने ।

इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान् भक्त अर्यालले नगरभित्र चल्ने गाडीले तोकेको भन्दा पनि बढी भाडादर लिएको बताउँदै निश्चित स्थान छुट्टाएर भाडादर कायम गर्नुपर्ने र गाडी चल्ने स्थानको सिमा निर्धारण हुनुपर्ने धारणा राखे । उनले भने, “सर्वसाधारण नागरिकबाट आएका गुनासा र समस्यालाई समाधानको पाटो खोजिनुपर्ने, टिकट सिस्टम लागू गरियो भने यात्रु गाडी भाडाबाट ठगिने क्रम रोकिने छ, म आफैँ पनि यात्रा गर्ने क्रममा रामपुर नगरभित्र चर्को भाडा तिरेर यात्रा गर्नुपरेको अवस्था छ ।”

नमस्ते रामपुर यातायात प्रालिका सञ्चालक भोजराज भट्टराईले रामपुर बेझाड बजारदेखि रामटारसम्म समितिले रु २०० एकतर्फी भाडादर कायम गरेको र केही व्यवसायीले बढी भाडा लिएको भन्ने कुरा उठेपनि समितिमा भने आधिकारिक जानकारी नआएको बताए ।

केही समय समितिले नगर बस सेवा पनि सुचारु गरेको जानकारी दिँदै उहाँले यात्रु बसमा भन्दा साना गाडी भ्यान, तीन पाङ्गरे गाडीमा आकर्षित हुने गरेकाले नगर बस सेवा अहिले सञ्चालनमा नरहेको बताए । यात्रुलाई आफू पुग्ने गन्तव्यसम्मको निश्चित भाडादर जानकारी भएमा यात्रा गर्न सहज हुने र आफू भाडामा ठगिएको जानकारी पाएमा तत्काल सम्बन्धित निकायमा गुनासा राख्न पश्चिम नेपाल बस व्यवसायी समितिका व्यवस्थापक शिव ढकालले सबैमा आग्रह गरे ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्