राष्ट्रपति भण्डारीकी जेठी छोरी उषाकिरणलाई दशौं महाधिवेशनमा सचिव बनाउने तयारी



काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका दिवंगत महासचिव मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीलाई दशौं महाधिवेशनमा पदाधिकारी बनाउने तयारी भएको छ ।

उषाकिरण अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् । एमालेको राजनीतिमा प्रभाव बनाउँदै आएको मदन भण्डारी फाउण्डेशनमा उषाकिरण अध्यक्ष छिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली पनि उषाकिरणलाई राजनीतिमा अगाडि बढाउन तयार भएको बुझिएको छ । उनलाई सकभर सचिव बनाउने गरी तयारी भएको हो ।

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुम भने राजनीतिमा आउने सम्भावना कम छ । उनले नेपाली काँग्रेसकी पूर्व सांसद किरण यादवको छोरासँग विवाह गरेकी छिन् ।

निशाको परिवारको राजनीतिक पृष्ठभूमि काँग्रेस भएकाले पनि उषाले नै भण्डारी परिवारबाट एमालेको राजनीतिमा भविष्यमा नेतृत्व लिने गरी बढ्ने योजना बनिसकेको बुझिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्