रामकुमारी झाँक्रीलाई के भयो ? वीर अस्पताल भर्ना



काठमाडौ । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अचानक अस्वस्थ भई अस्पताल भर्ना भएकी छन्। उनलाई अचानक उच्च ज्वरो आएपछि भर्ना गरिएको हो ।

मौसमी ज्वरोका कारण मन्त्री झाँक्री वीर अस्पताल भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ । बुधबार राती झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले जानकारी दियो। स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएकी हुन्।

मन्त्री झाँक्रीलाई ज्वरो र निमोनियाको सामान्य लक्षण देखिएपछि बुधबार बेलुका वीर अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री झाँक्रीको स्वास्थ्य परीक्षण भइरहेको र रिपोर्टहरू आउन बाँकी रहेकाले सम्पूर्ण भेटघाट समेत बन्द गरिएको उनका सहयोगी युवराज गिरीले रातोपाटीलाई जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्