तिहारको टिका लगाएर फर्किदै गरेका लालबहादुरको गुडिरहेकै गाडीको सिटमा मृत्यु, सँगै बसेका कसैले पत्तै पाएनन्



काठमाडौं- सोमबार गुडिरहेको गाडीको सिटमै एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका(९ बेलुकाका ५४ वर्षीय लालबहादुर वली रहेका छन् । उनको रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र(०१००६(ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा मृत्यु भएको हो । यद्यपी उनको मृत्यु भएको कुरा गाडीभित्रका कसैले पनि पत्तै पाएनन् ।

‘सबै यात्रु झरेर खाजा नास्ता खान गए पनि वली सिटमै थिए। खाजा खाएर फर्किएकी एक जना आफन्त महिलाले बोलाउन खोजेपछि बल्ल उनको मृत्यु भएको थाहा भएको बताइएको छ । वली हायस गाडीको अगाडिको सिटमा एक्लै बसेका थिए।

वली हायस गाडीको अगाडिको सिटमा एक्लै बसेका थिए।अलि ठूलोखाले टोपी लगाएर थोरै घोप्टो परेर बसेको अवस्थामा रहेको हुँदा कसैले पनि मृत्यु भएको होला भन्ने अन्दाज पनि गर्न नसकेको बताइएको छ ।भतिजी नाता पर्ने ती महिलाले वली अल्सरको बिरामी रहेको प्रहरीलाई जानकारी दिएकी छिन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार वली रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका- १२ नुवाकोटमा तिहारको टीका लगाउन गएका थिए। त्यहाँबाट फर्किदै गर्दा वलीको यात्राकै क्रममा मृत्यु भएको हो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्