जेलबाट निस्किएपछि पहिलोपटक राज कुन्द्रा र शिल्पा शेट्टी एकसाथ देखिए (भिडियोसहित)



काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राले सँगै मन्दिर दर्शन गरेका छन्। राज जेलबाट निस्किएपछि यो नै उनीहरु पहिलोपटक एकसाथ देखिएका हुन्।

राज कुन्द्रा पो,र्न केसमा सेप्टेम्बर महिनामा जेलबाट बाहिर आएका थिए । जेलबाट बाहिरिएपछि राज मिडियाको नजरबाट टाढै छन् । उनी सार्वजनिक रुपमा कतै पनि देखिएका थिएनन् । सार्वजनिक रुपमा मात्रै नभई राज सोसल मिडियाबाट पनि गायब थिए ।

राजले केही दिन अघि मात्रै आफ्नो दुबै सोसल मिडिया (ट्वीटर र इन्स्टाग्राम) डिलिट गरेका छन् । यसको विपरित शिल्पा शेट्टी हरेक स्थानमा देखिइन् र उनी लगातार चर्चामा छाइन् ।

शिल्पा आजकाल परिवारसँगै हिमाचल प्रदेशमा छिन् । यसैबीच शिल्पा र राजको तस्बिर सोसल मिडियामा असाध्यै भाइरल भइरहेको छ । यी तस्बिरमा शिल्पा राजको हात समातेर मन्दिर दर्शन गरिरहेको देख्न सकिन्छ ।

शिल्पाको यो तस्बिर हिमाचल प्रदेशको मां चामुण्डा देवी मन्दिरको हो । शिल्पाले नै सोसल मिडियामा मन्दिर दर्शनको भिडियो र फोटो सेयर गरेकी छिन् जहाँ उनी लामो समयदेखि राजसँग सार्वजनिक रुपमा देखिएकी छिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्