नुवाकोट बस दुर्घटनामा १ जनाको उपचारका क्रममा मृत्यु, ५० जना घाईतेको अबस्था कस्तो छ ? (नामावली सहित)



नुवाकोट – किस्पाङ गाउँपालिका–५ मनकामनाको भुमेस्थानमा बस दुर्घटना हुँदा घाइते भएका मध्ये एक जनाको निधन भएको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत किस्पाङ-१ का रमेस तामाङको निधन भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । दुर्घटनामा घाइते मध्ये नौ जना काठमाडौं र २८ जनाको त्रिुशली अस्पतालमा उपचार भइरहेको छ ।

बसमा सवार झन्डै १३ यात्रु सामान्य घाईते छन । भाल्चेबाट काठमाडौंका लागि छुटेको बा ४ ख ५७६२ बस किस्पाङको वडा नं ५ स्थित भुमेस्थानमा सोमबार बिहान करिब १० बजेर २५ मिनेट जाँदा सडकको भित्तातर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेस नुवाकोटका नेता प्रकाशशरण महतले नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा भएको बस दुर्घटनाका घाइतेलाई निःशुल्क उपचार गर्न सरकारसंग अनुरोध गरेका छन्। दुर्घटनाको खबरले आफू स्तव्ध भएको उल्लेख गर्दै उनले यस्तो माग गरेका हुन्।

‘दुर्घटनामा घाइते हुनुभएका सबै यात्रुहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरुको निःशुल्क उपचार गर्न सरकारसंग अनुरोध गर्दछु,’ उनले भनेका छन्। त्यस्तै, महतले विगत केही समययता नेपालमा दिनहुँ भैरहेका सवारी दुर्घटनालाई मुल्यांकन गरेर सवारी सञ्चालनमा केही सुधारको आवश्यकता रहेको औँल्याएका छन।

यस्तै, नेपाली काङ्ग्रेस नुवाकोटका नेता एवम पन्चकन्या गाउँपालिकाका अध्यक्ष माधवप्रसाद खनाल, पुर्व जिल्ला सभापती जगदिशनरसिंह केसी, वाग्मती प्रदेश सांसद हिरानाथ खतिवडालगायतले घटनाप्रती दुख ब्यक्त गर्दै सवारी दुर्घटना रोक्न सरकार, ट्राफिक प्रहरी, स्थानीय प्रशासन, सवारी धनी, चालक तथा सहचालक र यात्रुहरु सबैलाई सजगता र सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्