श्रीमतीले परपुरुषसँग यौ’नस’म्प’र्क ग’रि’रहेको देखेपछी…..



आफ्नै ३५ वर्षीया श्रीमती चिन्का लोनियाको ह’त्या ग’री जङ्गलमा फा’ले’र फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराजगंज नगरपालिका-११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनिया रहेका छन् । उनलाई शुक्रबार बिहान बुद्धभूमि नगरपालिका-९ डुमराबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०७८ असोज १७ गते दिउँसो चम्पापुरस्थित सामुदायिक जंगलमा मा’नव कं’का’ल फे’ला प’रे’को भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङेबाट खटिएको प्रहरीले घटनास्थलमा गई आवश्यक अनुसन्धान गरेपनि तत्काल पहिचान खुलेको थिएन ।

गत असोज २६ गते ईलाका प्रहरी कार्यालय गोरुसिङेमा कर्तव्य ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्ता भई अनुसन्धान भइरहेकोमा कात्तिक ७ गते घटनास्थलमा फेला परेका चप्पल, कपडाहरुबाट उनको सनाखत भएको थियो ।

घटना सम्बन्धमा गो’प्य रुपमा बुझ्दै जाँदा चिन्कालाई राम केवलले ह’त्या ग’री नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बस्दै आएको भन्ने अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ।

मृतक चिन्काले पर पुरुषसँग अ’वै’ध स’म्ब’न्ध राख्ने गरेको देखेपछी भएको बिबादलाई लिएर भएको विवादले श्रीमतीलाई भदौ १५ गते जंगलमा बाती का’ट्ने काठ लिन जाने बहानामा ह’सि’याँले ह’त्या गरी भारततर्फ भागेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्