भाइटिका लगाइदिन काठमाडौं आएकी ‘कमेडी च्याम्पियन २’ का फष्ट रनरअप विक्कीको आमाको मृत्यु



काठमाडौं- रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो संस्करणका फर्स्ट रनर अप बिक्की अग्रवाललाई मातृशोक परेको छ। बिक्कीकी आमाको मंगलबार निधन भएको कमेडी च्याम्पियनका निर्णायक प्रदीप भट्टराईले बताएका छन्।

उनकी आमा दुर्गा मगरको मंगलबार निधन भएको छ । विक्की र उनकी आमा दुर्गा भाइटीकाको दिन नेपाल आएका थिए । अन्दाजी ६० वर्ष उमेरकी दुर्गालाई सु’गर र प्रे’सरकाे समस्या थियाे । तर उनी बिरामी थिइनन् । हिजो दिउँसो तीन बजे बिक्की आमालाई कोठामा छोडेर बाहिर निस्किएका थिए । बेलुका सात बजे कोठामा पुग्दा आमालाई बे’हो’श अ’वस्थामा भेटेका थिए । त्यसपछि बिक्कीले उनलाई मेडिकेयर अस्पताल पुर्याए । तर, चिकित्सकहरुले मृत घोषित गरे ।

यसपछि उनलाई उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै उनलाई चिकित्सकले मृत घोषित गरेको थियो । उनी उच्च र’क्तचा’प र म’धुमे’हको बिरामी थिइन् ।

विक्की भारतको सिक्किम निवासी हुन् । विक्कीका बुबा र दाजु नेपाल आएर अपरान्ह ४ बजे दुर्गाको शवलाई सिक्किम लागेका छन् । कमेडी च्याम्पियनको उपाधि जित्न नसके पनि विक्की नेपालमा निकै लोकप्रिय बनेका थिए । त्यसैले उनलाई काठमाडौंमै सेटल गर्न दुर्गा सिक्किमदेखि आएकी थिइन् । कमेडी च्याम्पियनको फाइनलमा पनि दुर्गा र उनका श्रीमान छोराको हौसला बढाउन काठमाडौं आएका थिए । फाइनलपछि उनीहरू फर्किए पनि विक्की नेपालमै थिए ।

श्रीमती अकस्मात बिरामी भएको खबरपछि बिक्कीका बुवा पनि सिक्कमबाट काठमाडौं आइपुगे । तर, उनले श्रीमतीलाई जिवित भेट्न सकेनन् ।

‘कमेडी च्याम्पियन २’को फाइनलमा छोराको प्रस्तुति हेर्नका लागि दुर्गा नेपाल आएकी थिइन् । त्यसबेला सञ्चारमाध्यमसँग कुरा गर्दै उनले छोराले नेपालको पनि माया पाएको भन्दै खुशी व्यक्त गरेकी थिइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्