‘छक्का पञ्जा ४’ को ट्रेलरमा नदेखिएपछि रिसाएका जितुले १ दिन नहुँदै फेरी कुरा, गरे यस्तो घोषणा



हास्य कलाकार जितु नेपालले निर्माता तथा कलाकार दीपकराज गिरी र उनको टिमसँग चलचित्र ‘६ एकान ६’बाट सहकार्य गरे । त्यसपछि दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र दीपाश्री निरौलाको टिमले ‘वडा नम्बर ६, छक्का पञ्जा, छक्का पञ्जा २, छक्का पञ्जा ३, छ माया छपक्कै’ निर्माण गरे । यी सबै चलचित्रले बक्स अफिसमा तहल्का नै मच्चाए । तर, ‘मुन्द्रेको कमेडी क्लब’बाट शुरु भएको विवादले दीपक–दीपासँग जितुलाई व्यावसायिक रुपमा अलग बनाएको छ ।

कलाकार जितु नेपालले फिल्म ‘छक्का पञ्जा ४’ मा आफू नरहने बताए । सोमबार कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको जानकारी दिन आयोजित कार्यक्रममा फिल्मको अहिले बनेको ट्रेलरमा आफू नअटाउनु भनेको फिल्ममा नरहने नै भएको बताए ।

‘हिन्दी फिल्मका दर्शकसम्म पुगेको ‘छक्का पञ्जा ४’ को ट्रेलर म अटेको छैन । यस्तो बेला नअटेको म, सायद फिल्ममा पनि रहन्न होला’ जितुले भने, ‘म सामान्य कलाकारलाई दीपक दाई र दीपा दिदीले फिल्मको हिरो समेत बनाइसक्नु भएको छ । मेरो लागि उहाँहरुले धेरै गर्नु भएको छ । सधै उहाँहरुबाट मैले आस राख्नु हुँदैन ।’

महानायक विवादका कारण ‘मुन्द्रेको कमेडी क्लब’ बाट निर्देशक दीपाश्री निरौला बाहिरिएसँगै जीतु र ‘छक्का पञ्जा’ टिमबीच मनमुटाव बढेको हो । तर, सार्वजनिक कार्यक्रममा भने उनीहरुले आफ्नो सम्बन्ध राम्रो रहेको सन्देश दिदै आएका थिए । व्यक्तिगत रुपमा सम्बन्ध राम्रो भएपछि व्यावसायिक सम्बन्ध बिग्रिएको अनुमान यो ‘छक्का पञ्जा ४’को ट्रेलरबाट समेत लगाउन सकिन्छ ।

तर जितुले भने समाचारहरु बाहिरिदै गर्दा उनले आफैले बोलेका कुरा फेरेका छन् । सामाजिक संजालमा यसै बिषयमा समाचारहरु आइरहेपछि नेपालले भने आफू चलचित्रमा नभएपनि कुनै चित्त दुखाइ नभएको बताएका छन् । जितुले भने, ‘ट्रेलरमा नहुने बित्तिकै चलचित्रमा नहुने भन्ने पनि होइन । यसपटक दीपकजीले कस्तो कथा बनाउनुभएको छ, मलाई थाहा छैन । मैले दीपक र दीपाबाट आफूले गरेको योगदानभन्दा बढी पाएको छु । उहाँहरुले मलाई हिरो बनाइदिनुभएको छ । म निक्कै नै आभारी छु ।’

एउटा चलचित्रमा नहुँदैमा आफूलाई चित्त दुखाइ नभएको उनले बताए । ‘म सधैं नै सहकार्य गर्न तयार छु । फेरि खेल्ने पर्‍यो भनेर भन्नुभयो भने पनि म तयार छु । यसो गरौं, उसो गरौं भनेर भन्नु भयो भने पनि म तयार छु । उहाँहरु मेरो साथी हो । म सधैं सहकार्य गर्न तयार छु ।’

दीपक राज गिरी र दीपाश्री निरौलाले बलिउड फिल्म ‘सूर्यवंशी’ हेर्न पुगेका दर्शकलाई ‘छक्का पञ्जा ४’ आउने जानकारी दिन एक ट्रेलर बनाएका छन् । सो ट्रेलर ‘छक्का पञ्जा’ सिरिजका कलाकार अटेपनि जितु भने अटेका छैनन् । यस अगाडि ‘छक्का पञ्जा’का तीनवटै सिरिजमा देखिएका उनी चौथो सिरिजमा नदेखिनुले उनी फिल्ममा नरहने संकेत गरेको छ । फिल्मको अहिलेसम्म छायांकन भएको छैन । फिल्मको छायाँकन नभएपनि दीपक दीपाले प्रचारका लागि भने ट्रेलर बनाएर देखाएका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्