काठमाण्डौमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु



काठमाडौं – राजधानी काठमाडौंको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार बिहान ग्वार्काे चोकमा ना६ ख१९३३ नम्बरको ट्रकको ठक्करबाट बा३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि बीएण्डबी अस्पताल लगिएको थियो । तर, उनलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

त्यस्तै सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इचोकबाट काठमाडौको लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ख ५८१५ नम्बरको बस दुर्घटना हुदा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीय माहिला पासाङ तामाङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार पाँच जना घाइते भएका र उनीहरूको उद्धार गरी उपचारका धुलिखेल अस्पताल पठाइएको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायव निरीक्षक सुनिल थापाका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ । ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसअघि मंगलबार अरनिको राजमार्ग अन्तर्गत सदरमुकाम चौताराबाट काठमाडौं जाँदै गरेको माइक्रोबस चौतारा साँगाचोकगढी नगरपालिका–११ पोखरेबेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्