श्रीमानले बर्षेनी श्रीमती फेर्थे तर यी अभागी श्रीमती कुमारी सहेर बस्थिन्



उर्लाबारी । सँगै बाँच्ने र सँगै म’र्ने कसम खाएर १७ वर्षको कलिलो उमेरमा प्रेम बिबाहपछि घरजम सुरु गरेकी ३१ वर्षीया कुमारी खत्री यतिबेला आफ्नै श्रीमानबाट असुरक्षित हुनु भएको छ । श्रीमानले कु’ट्ने, पि’ट्ने र मा’र्ने सम्मको ध’म्की दिएपछि उदयपुरको त्रियुगा ८ रातेखोला घर भएकी कुमारी अहिले मोरङको रतुवामाई ८ इटहरामा आफ्नी दिदीको घरमा शरण लिएर बसि रहेकी छिन ।

श्रीमान् मात्र होइन,सासु-ससुरा नन्द-आमाजु र देवर समेत आफ्नो पक्षमा नभएपछि उनि ज्या’न जो’गा’उन गत कात्तिक ११ गते इटहरा आइपुगेकी हुन । कुमारीका १२ र ८ वर्षका दुई छोराहरू छन् । कुमारी आफ्ना पति सिद्धिकुमार खड्कासँग ५ वर्ष अघि देखि अलग्गै बस्दै आएकि थिइन ।

श्रीमानले बर्सेनि श्रीमती फेरेको थाहा पाएपछि कुमारी घरसल्लाह मै एक्लै बस्न थालेकि थिईन । बैदेशिक रोजगारका लागि कतार जाउन्जेल खड्का दम्पत्तिको घरजम गज्जब चलेको थियो । तर, खड्का कतारबाट फर्केर मलेशिया गएपछि कुमारीका दुखका दिन सुरु भए ।

कुमारी भन्छिन-मलेसिया मै राई थरकी केटीसँग प्रेम बसेछ । त्यसपछि म र छोराहरू प्रति वेवास्था गर्न थाल्नुभयो । परिवारका सदस्यले समेत छोरो मान्छेले जति वटी ल्याए पनि तलाई राम्रो गर्‍यो भने भै गयो नि , भनेर सल्लाह दिए । मैले पनि आफू भन्दा ठूलाको कुरा होला भनेर माने ।

राई थरकी ति महिलाले पनि वि’ष खा’एर देह’त्या’ग गरिन । उनको काज किरिया पूर्वीय परम्परा अनुसार मेरै घरमा भयो । कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडायो भनेर म पनि खुसी थिए- कुमारीले भनिन । तर, श्रीमानले मगर थरकी अर्की आइमाई राखेको रहेछ । दुई जना महिला बीच ख’टप’ट भएपछि राई थरकी महिलालाई वि’ष खु’वा’एर मा’रेको भन्ने हल्ला सुनें । कुमारीले भनिन- श्रीमानलाई केही दिन प्रहरीले पक्राउ गरेर छोडेको गाउँमै हल्ला भयो ।

महिला भएकोले सहनु सबै सहेकै थिएँ । तर, सासु-ससुरा,देवर र नन्द- आमाजुले दशैंको टीकाको दिन श्रीमानलाई तेस्री श्रीमती सहित घर भित्त्राउने स्वीकृति दिएपछि कुमारीले संसार सबै अध्यारो देखिन। आफ्नै भनाउँदाले दुईभाइ छोरा र आफूलाई घर निकाल्ने तानावाना बुनेको बुझेपछि उनले प्रहरी र स्थानीय प्रशासनमा उजुरी गरिन । प्रहरी र स्थानीय प्रशासनले समेत सबैले मिलेर बस्नु भनेपछि कुमारी माथि लगातार आ’क्रम’ण हुन थाल्यो ।

न्याय म’रेपछि हरेक दिन कु’टाई खा’नु पर्ने, सासुले नै अर्को लोग्ने खोजेर जा भन्दै गा’ली ग’र्न थाल्नुभयो । श्रीमान कु’ट्ने, सा’सु कु’टुने ,आफन्त जति सबै बिरानो भएपछि कुमारीले कात्तिक ११ गते घर छोडिन । उनले भनि -उदयपुरमा मेरो कुरा कसैले सुनेनन् । न पुलिसमा उजुरी लिइदिए । न समाजले मेरो पक्षमा बोलिदियो । महिला अधिकारकर्मीले पनि मिलेर बस्न सुझाए । त्यसैले न्याय खोज्दै दिदीको घरमा आएकी हुँ ।

यतिबेला कुमारीको आँखामा आँशु सकिएको छ । निद्रा हराएको छ । आकासको जुन झार्ने सपना देखाएर बिहे गरेको केटालेनै मा’र्ने , का’ट्ने र कु’ट्ने गरेपछि ज्या’न जोगाएर उहाँ मोरङ आउनु भएको छ । उनले भनिन- के अब मैले न्याय पाउँदिन त ?

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्