कंगनाले भनिन् ‘अब छिटै विवाह गरेर सन्तान जन्माउन चाहन्छु’



मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत विवादित नायिका हुन् । उनी विभिन्न कारणले विवादमा आइरहन्छिन् । निकै कडा अभिब्यक्ति दिने उनले आफू प्रेममा रहेको खुलासा गरेकी छन् । केही वर्ष पहिले नायक हृदिक रोशनसंग प्रेममा रहेकी उनको हृद्धिकसंग विवाद भएको थियो । मु द्दा अहिले पनि अदालतमा विचाराधिन छ । जसका कारण हृद्धिकको डिभोर्स समेत भएको थियो ।

लामो समय एक्लै रहेकी कंगनाले हालै एक भारतीय मिडियासँग कुरा गर्दै कंगनाले आफू प्रेममा रहेको खुलासासँगै छिट्टै वैवाहिक बन्धनमा बाँधिने संकेत पनि गरेकी छन् ।

‘मणिकर्णिका’ अभिनेत्री कंगनाले अबको पाँच वर्षमा वैवाहिक बन्धनमा बाँधिएर आमा बन्ने संकेत गरेकी छन् । कंगना भन्छिन्, “म पक्कै पनि विवाहित हुन चाहन्छु र सन्तान जन्माउन चाहन्छु । अबको पाँच वर्षमा म आफूलाई एक आमा र कसैको पत्नी र नयाँ भारतको दर्शनमा सक्रिय रूपमा सहभागी हुने व्यक्तिको रूपमा देख्छु ।”

प्रेममा हो कि रु भन्ने जिज्ञासाको जवाफमा उनी भन्छिन्, “छु । पार्टनरको बारेमा भने सबैले चाँडै नै थाहा पाउनुहुनेछ ।” कंगनालाई यही हप्ता मात्रै पद्मश्री अवार्डबाट सम्मानित गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्