छठ मनाउन मामाघर आएका दाजुभाईलाई खोलाले बगायो, दाईको मृत्यु भाई बेपत्ता



काठमाडौ । छठ पर्व मनाउन मामा घरमा आएका दुई जना युवालाई खोलाले बगाएको छ । जसमध्य एक जनाको मृत्यु भएको छ भने अर्का फेला परेका छैनन् । यो घटना मोरङमा भएको हो । रंगेली नगरपालिका९७ बक्राह खोलामा नुहाउन गएका दुई जना मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोलका सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटुकुमार साह र १८ वर्षीय राजा साहलाई बक्राह खोलाले बगाएको हो । उनीहरु खोलामा नुहाउन पसेका थिए ।

प्रहरी र स्थानीयले बिटुकुमारलाई उद्धार गरी उपचारका लागि रंगेली अस्पताल लगेका थिए । अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृ त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए । बेपत्ता अर्का युवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ । फाइल तस्बिर

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्