काठमाडौंमा खुल्यो ५ अर्बको लगानीमा हायात ब्राण्डको नाममा अर्को पाँचतारे होटल ‘हायात प्लेस’ (तस्विर सहित)



काठमाडौं । काठमाडौंको काठमाडौंको सोल्टीमोडस्थित टाचलमा हायात ब्राण्डको नाममा अर्को पाँचतारे होटल हायात प्लेस खुलेको छ । गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । गोल्यान समूहका अनुसार होटल अन्तर्राष्ट्रियस्तरकै रहेको छ । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो ।

शनिबार एक कार्यक्रम गर्दै होटल सञ्चालनमा आएको जानकारी दिइएको छ । होटलका सञ्चालक पवन गोल्यानले आजदेखि होटल सञ्चालनमा आएको बताए । २०७२ सालमा भूकम्पपछि अपार्टमेन्ट निर्माण गर्ने योजनालाई त्यागेर होटल बनाउने निर्णय गरिएको थियो । १० रोपनी क्षेत्रफलमा फैलिएको होटलसँगै अर्को भवन पनि छ । जुन अपार्टमेन्टका रुपमा प्रयोग गरिएको छ ।

शुरुमा ४ अर्ब लगानी गर्ने योजना भए पनि कोरोना महामारीका कारण निर्माणले गति नलिँदा रकम बढेर करिब ५ अर्ब रुपैयाँ पुगेको होटलका अध्यक्ष शक्ति गोल्यानले बताए ।

१४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु उपलब्ध छन् । यसको अतिरिक्त होटल गार्डेन, जिम हल, स्विमिङ पुल लगायतका सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

होटलको सम्पूर्ण तयारी पुरा भइसके पनि आगामी कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिनदेखि मात्रै होटल औपचारिक रुपमा सञ्चालनमा आउनेछ । होटलमा गोल्यान समूहसँगै कमलेश अग्रवाल लगायतको पनि लगानी छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्