काठमाडौं : सर्वाेच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घ’म्साघ’म्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घ’म्साघ’म्सी परेको हो ।
जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी बार आन्दोलनमा उत्रिएको छ । आन्दोलित कानुन व्यवसायीलाई सर्वाेच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि ध’केलाध’केल भएको हो । बार महासचिव लिलामणी पौडेलले आफूहरूमाथि बल प्रयोग भएको बताए । सर्वाेच्च गेटबाट चार जना पक्राउ परेका छन् ।
केही कानुन व्यवसायीहरुमाथि प्रहरीले सामान्य ला’ठीचा’र्ज गरेको छ भने उनीहरुले प्रयोग गर्दै आएको माइक पनि खोसेको छ । नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौड्यालले माइक फिर्ता गर्न र शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरी अधिकृतलाई भनेका छन् । माइक नपाएपछि कानुन व्यवसायीहरुले अघिल्लो दिनमा जस्तो प्रदर्शनस्थलमा भाषण गरेका छैनन् । उनीहरु यथास्थानमा धर्नामा बसेका छन् ।