घरबाटै प्रधानन्यायाधीशले तोके १० इजलासमा २७९ मुद्दाको पेसी



काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार घरबाट १० इजलास गठन गरेका छन् । सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० इजलास गठन गरेका हुन् ।

उनले १० इजलासमा २७९ मुद्दाको पेसी तोकेका छन् । जबराको राजीनामा मागेर बार निरन्तर आन्दोलनमा छ । जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी भएको बारको धर्नालाई छ’लेर प्रधानन्यायाधीश आइतबार र सोमबार कार्यालय प्रवेश गरेका थिए ।

कार्यपालिकासँग मिलेर राजनीतिक भा;गब;ण्डा खोजेकोलगायतका आरोप लगाएर बार र सहकर्मी न्यायाधीश आन्दोलनमा उ’त्रिएका हुन् । सोमबार प्रधानन्यायाधीश जबराले संवाद र वार्तामार्फत समाधान खोज्न गरेको आह्वानलाई बारले अस्वीकार गरेको छ । उसले जबरासँग वार्ता नगर्ने बताएको छ ।

न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै, प्रधानन्यायाधीशकाे राजीनामा बटमलाइन

काठमाडौं : सर्वाेच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीबीच आज पनि छलफल हुँदैछ । मध्याह्न साढे १२ बजे सर्वाेच्चको एनेक्स हलमा छलफल हुने सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।

सोमबारको बैठकमा ११ न्यायाधीश छलफलमा उपस्थित थियो । तर, आजको बैठकम १९ जना न्यायाधीश नै सहभागी हुने श्रेष्ठले बताए । सोमबारको छलफलमा बारले प्रधानन्यायाधीशको राजीनामालाई नै बटमलाइन बनाएको छ । आजकाे छलफलबाट थप निर्णय हुने ठानिएकाे छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि आह्वान गरे पनि कानुन व्यवसायीले अस्वीकार गरिसकेका छन् ।

बन्दमा पनि रोकिएन नेपाल बारको आन्दोलन, सर्वाेच्चमा धर्ना

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ । २३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वाेच्च अदालतमा धर्ना सुरु गरेका छन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो ।

प्रधानन्यायाधीश जबराले साेमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए । तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दाेलनलाई निरन्तरता दिएकाे छ । सर्वाेच्चका न्यायाधीश पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित इजलासमा बसेका छैनन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्