ससुरालीकै कारण म संसार छोडे भन्दै ज्वाईले गरे ससुरालीमै ……



धनुषामा एक युवाले देहत्याग गरेका छन् । मिथिला नगरपालिका–२ बस्ने २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका–५ स्थित श्रीपुरमा रहेको ससुराली घरमा पा’ ‘सो ल’गा’एर देहत्याग गरेका हुन् ।

झु’ण्डि’एको बेला अ’चे’त फेला परेका रामचन्द्रलाई उपचारका लागि जनकपुरस्थित अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । मृतक महतोको खल्तीमा सु’सा’इ’ड नो’टस’मेत फेला परेको उनको भनाइ छ ।

सुसाइड नो’ट’मा उनले ससुरालीमाथि आरोप लगाउँदै लेखेका छन्, ‘ससुरालीका सबै परिवारजन मिलेर सोमबार कु’ट’पि’ट गरेकाले मेरो मृत्यु भए त्यसको सम्पूर्ण जिम्मेबार ससुरालीका सबै सदस्य हुने छन् ।’

‘म रामचन्द्र महतो, म आफ्नो पूरै होस् हवासमा लेख्दै छु कि मेरो यदि कुनै कारणवश मृत्यु भयो भने त्यसको सम्पूर्ण जिम्मा मेरो ससुरालीका सम्पूर्ण सदस्यहरूको हुने छ’, उनले नोटमा लेखेका छन्, ‘किनकि मलाई उनीहरूले मिति २०७८।७।२९ गतेका दिन बेलुकातिर सबै जना मिली कु टे को छ र ट र्च र गरेकोले मलाई यसले धेरै मन दुख्ने गा ली गरेकोले म म र्न गइरहेको छु।’

उनले त्यस्तो लेखेर हस्ताक्षर पनि गरेका छन् ।

यो पनि :चिया र अलैँची लक्षित कर सुधार तथा राजस्वसम्बन्धी छलफल

निर्यातजन्य कृषिवस्तु चिया र अलैँचीमा विद्यमान समस्या, कर सुधार एवं राजस्व नीतिका सम्बन्धमा आज सरोकारवालहरुसँग छलफल गरिएको छ । अर्थ मन्त्रालयअन्तर्गतको नेपाल राजस्व परामर्श समितिले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा चिया र अलैँची कृषिजन्य उत्पादन भएकाले यी वस्तुमा लिइने कर र राजस्वमा विशेष छुट हुनुपर्ने नेपाल अलैँची व्यवसायी महासङ्घका उपाध्यक्ष इन्द्रचन्द विन्दलले बताउनुभयो ।

नेपाल पहाडी चिया उत्पादक सङ्घका अध्यक्ष उदय चापागाईं, सूर्योदय चिया उत्पादक सङ्घका अध्यक्ष उक्तम श्रेष्ठले चिया तथा अलैँची क्षेत्रका समग्र समस्या र समाधानका उपायका बारेमा जानकारी दिएका थिए । उनीहरूले नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश दाहालमार्फत सरकारलाई छुट्टाछट्टै ज्ञापनपत्र बुझाएका छन् ।

कार्यक्रममा झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठले नेपालबाट निर्यात हुने कृषि वस्तुमा बेला–बेला भारतले विभिन्न बहाना झिकेर समस्या सिर्जना गर्ने गरेको बताउँदै तेस्रो मुलुक निर्यातका लागि पनि विकल्प खोज्नुपर्ने बताउनुभयो । अग्रज चिया उद्योगी चण्डीप्रसाद पराजुलीले मुलुकमा सङ्घीयता आएसँगै दोहोरो–तेहेरो करले उद्यमी–व्यवसायी मारमा परेको भन्दै कृषिवस्तुमा राज्यले अपेक्षाकृत सुविधा दिए निर्यात बढ्ने र त्यसले व्यापार घाटा कम गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष दाहालले उद्यमी–व्यवसायीले राखेका सुझावलाई सकारात्मक रुपमा लिँदै चिया, अलैंँचीलगायत कृषिवस्तुमा कर एवं राजस्व र निर्यातमा देखिएका समस्या समाधानका लागि समितिले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्