बन्दकर्ताले ललितपुरमा साझा बसमा तो’डफो’ड गरे



बन्दकर्ताले ललितपुरमा साझा बसमा तो’डफो’ड ग’रे’का छन् । ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा५ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताहरुले तो डफो ड गरेका हुन् ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठोरका अनुसार बसमा सामान्य क्षति पुगेको छ । नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेपनि काठमाण्डु उपत्यकामा भने बन्दको प्रभाव सामान्य मात्रै देखिएको छ ।

पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज, गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले आज नेपाल बन्दको आह्वान गरेको थियो ।

सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्बाध गुडिरहेका छन् । सडकमा बिस्तारै सवारीको चाप बढ्दै गइरहेको छ । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने देशका विभिन्न स्थानबाट बन्दकर्ता पक्राउ परेका छन् ।

बन्द गराउन खोज्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट २१ जना र ललितपुरबाट एकजना बन्दकर्तालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशीलसिंह राठोरले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्