आमा हिमानिकै कारण देश छोड्दै पूर्व नवयुवराज हृदयेन्द्र



पूर्व नवयुवराज हृदयेन्द्रलाई अध्ययनका लागि अमेरिकाको एक प्रतिष्ठित कलेजमा भर्ना गर्ने तयारी भइरहेको बुझिएको छ । प्राप्त जानकारीअनुसार हृदयेन्द्रले नेपालमै अध्ययन गर्न चाहेको भए पनि आमा पूर्व युवराज्ञी हिमानीको इच्छा भने छोराले अमेरिकामा अध्ययन गरोस् भन्ने छ । अमेरिकी कलेजका लागि आमाले कर गरेपछि हृदयेन्द्रले ‘अप्लाइ’ गरेका थिए ।

श्रोतका अनुसार कलेजले कन्फर्मेशन पठाइसकेपछि पनि हृदयेन्द्र अमेरिका जाने कि नजाने भन्नेमा दोधारमै छन् । तर आमा हिमानी भने छोराले अमेरिकामै पढ्नेमा ढुक्क हुनुहुन्छ । आमाको द’बाबका कारण अप्लाइ गरेकाले कलेज प्राप्तिपछि पनि हृदयेन्द्रमा त्यति ठुलो खुशी छाएको छैन । राजा ज्ञानेन्द्रले पनि आफ्ना नातिलाई नेपालमै पढाउन चाहनुभएको बुझिएको छ । पारिवारिक मामिलामा राजा र युवराज्ञीबीच समान धारणा भए पनि हृदयेन्द्रको सवालमा धारणा बाझिएको निकटवर्तीहरूले बताएका छन् । कलेजको नाम भने आफन्तहरूलाई पनि सार्वजनिक गरिएको छैन ।

यता पूर्व अधिराजकुमारी प्रेरणा केही समयदेखि राजपरिवारका कुनै पनि औपचारिक समारोहमा देखा पर्नुभएको छैन । हिमानी ट्रष्टकी सदस्य उहाँ हिमानी ट्रष्टले आयोजना गरेको दशैँ–तिहार शुभकामना कार्यक्रममा पनि देखिनुभएन । त्यसअघि हिमानीको जन्मदिन र अन्य समारोहहरूमा पनि प्रेरणाको उपस्थिति रहेन ।

सुत्रका अनुसार उहाँले दाइजोमा प्राप्त गरेको सम्पत्ति सर्वोच्च अदालतले राष्ट्रियकरण गर्ने निर्णय गरेपछि बिग्रिएको उहाँको स्वास्थ अझै पूर्ण राम्रो भइसकेको छैन । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले प्रेरणालाई दाइजोमा प्राप्त घर राष्ट्रियकरण गर्ने फैसला गरेपछि उहाँलाई हृ’दयाघा’त भएको थियो । अहिले उहाँका ससुराको देहान्त भएकाले चाडबाडमा समेत घरपरिवारमा उहाँको सहभागिता रहेन । तिहारमा उहाँका दाइ पूर्व युवराज पारसले स्व. धीरेन्द्र र प्रेक्ष्याका छोरीहरू पूजा, सीताष्मा र दिलासासँग मात्र टीका लगाएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्