आलियाको ब्लाउजलाई लिएर भयो वि’वाद



मुम्बई: सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ पछिल्लो समय सेलिब्रेटीहरु ट्रोलमा पर्नु सामान्य भएको छ। उनीहरुले पोष्ट गर्ने हरेक चिजलाई सामाजिक सञ्जाल प्रयोगर्कताहरुले मिहिन ढंगले नियाल्ने हुँदा उनीहरु ट्रोलमा पर्ने गरेका छन्।

यसैबीच बलिउड अभिनेत्री आलिया भट्ट ट्रोलमा परेकी छन्। उनी पहिरनका कारण ट्रोलमा परेकी हुन्।

आलियाले एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी छन्। उक्त तस्बिरमा उनको ब्लाउजलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल गरेका हुन्। उनीहरुले आलियालाई किन उल्टो ब्लाउज पहिरिएको भन्दै ट्रोल गरेका छन्।

सामाजिक सञ्जालमा आलियालाई अ’श्ली’लता फैलाएको आरोपसमेत लगाएका छन्। ‘आजकल जति अ’श्ली’लता देखाउ, त्यही फेशन बनिहाल्छ,’ एक जनाले कमेन्टमा लेखेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्