दुरसञ्चारको सीसीओ पहाडीलाई अन्तराष्ट्रिय अवार्ड



काठमाडौ । नेपाल दुर संञ्चार कम्पनी लिमिटेड केन्द्रिय कार्यालयमा डेपुटी म्यानेनिङ डाइरेक्टर तहमा कार्यरत चिफ कमर्शियल अफिसर (सिसिओ) संगीता पहाडी (अर्याल) ले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेकी छन् । उनलाई प्राविधिक क्षेत्रमा गरेको अनुकरणीक कामको मुल्याङ्कन गर्दै थाइल्याण्डको एक इन्सिच्युटले अवार्ड प्रदान गरेको हो । पहाडीलाई बैंकक स्थित एशियन इन्सिच्युट अफ टेक्नोलोजी एलोमेनी एशोसियसनद्धारा एआइटिएए ड्रिष्ट्युइङ गिष्ट एलोमिनी अवार्ड प्रदान गरिएको छ ।

एशियाको सबै भन्दा पुरानो क्षेत्रिय विश्वविद्यालय एशियन इन्सिच्युट अफ टेक्नोलोजी एलोमेनी एशोसियसनले पहाडीलाई सार्वजनिक क्षेत्रमा प्राप्त गरेको उदाहरणीय र अनुकरणीय सफलताको कदर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । एशोसियशनको ५० औं कार्यकारी वोर्ड बैठकले उक्त अवार्ड संगीता पहाडी (अर्याल) लाई दिने निर्णय गरेको हो । करिब ४० मुलुकका विशेषज्ञहरु छनौछ हुँदा नेपालका तर्फवाट पहाडीलाई अवार्डका लागि छानिएको हो ।

एशियन मुलुकको लागि प्राविवधिक जनशक्ति तयार गर्न स्थापित विश्व विद्यालयको ४० भन्दा बढी देशमा एलमिनी एशोसियशन छ । एलोमिनी एशोसियसन भएको देशहरुमा राष्ट्रिय, अन्तराष्ट्रिय तहमा सार्वजनिक क्षेत्रमा काम गर्ने विशेषज्ञहरुवाट उत्कृष्टताका आधारमा अवार्डका लागि छनौट गर्ने गर्छ । नेपाल च्याप्टरले नेपालको तर्फवाट कम्युनिकेशन क्षेत्रमा ३० वर्ष लामो समय काम गरेर पुर्याएको योगदानको कदर गरेर अवार्डका लागि सिफारिस गरेको थियो ।

यशोसियशनका अध्यक्ष डा एलविन कुलावा तथा कार्यकारी सचिव चुपाक नारपाइसिटद्धारा प्रदान गरिएको उक्त अवार्ड एशिया क्षेत्रमा एक सम्मानित अवार्डका रुपमा लिइने गरिन्छ । पहाडीले एशियन इन्सीच्युट अफ टेक्नोलोजी थाइल्याण्डवाट दुई दशक अगाडी टेलिकम्युनिकेशन विषयमा स्नातकोत्तर गरेकी हुन् । झण्डै ३ दशक लामो टेलिकम्युनिकेशनको अनुभव संगालेकी पहाडी लामो समय देखि नेपाल टेलिकममा तार रहित संजाल विज्ञका रुपमा कार्यरत छन् । ३० वर्षको सेवा अवधि मध्य २२ वर्ष मोवाइल सर्भिसको स्थापना काल देखिनै सेवारत पहाडी पछिल्लो समय केन्द्रिय कार्यालयमा डेपुटी म्यानेनिङ डाइरेक्टर तहमा चिफ कमसिर्शय अफिसर (सिसिओ) पदमा कार्यरत छन् ।

उनी नेपाल टेलिकमको आगामी कार्यकारी निर्देशक (म्यानेजिङ डाइरेक्टर) को प्रवल दावेदार पनि हुन् । अघिल्लो कार्यकालमा कार्यकारी निर्देशकको प्रतिस्पर्धामा वैकल्पिकमा नाम निकाल्न सफल पहाडीलाई आगामी कार्यकारी निर्देशकको रुपमा हेरिएको छ । प्राविधिक क्षेत्रमा महिलाको सहभागीता निकै न्युन रहेको अवस्थामा पहाडी एक उदाहरण हुन् । निकट भविष्यमै नेपाल दुर सञ्चार कम्पनीले एक महिलालाई कार्यकारी निर्देशक पाउने सम्भावना प्रवल देखिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्