पुजा शर्माको भावुक अन्तरवार्ता : ‘जसका लागि मैले परिवारलाई त्यागेँ उसैले मलाई आँशु दियो, मेरो जिवनको ४ वर्ष मेट्न चाहन्छु’ (भिडियो हेर्नुस्)



काठमाडौ । अभिनेत्री पुजा शर्मा बेला बेलामा विवादित हुन्छिन् । निकै खुलेर कुरा गर्न मन पराउने पुजा अब भने अब समय अनुसार आफुलाई परिवर्तन गर्न पर्ने रहेछ भन्ने जान्न थालेको बताउँछिन् । नायक नायक श्रेष्ठसंगको प्रेममा रहेको भनेर उनलाई विवादित पनि बनाइयो । तर आकास र पुजा दुवै जनाले प्रेमलाई सार्वजनिक रुपमा स्वीकार गरेनन् । तर उनीहरुले आफुहरु निकै मिल्ने साथी भएको बताउँदै आएका थिए ।

सँधै अन्तरवार्तामा निकै खुलेर हाँस्दै बोल्ने पुजा अहिले भने निकै भावुक भएकी छन् । उनले आफ्ना कारणले धेरै मानिस चर्चित भएपनि पछि आफुलाई वेवास्ता गर्ने गरेको गुनासो गरिन् । उनले यसो भन्दा कसैको नाम भने लिइनन् तर उनले आकासलाई नै भनेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । फिल्ममा पुजा भन्दा आकास पछि आएका हुन् । उनीहरुको नामकै कारणले आकास पनि चर्चित भए । तर पछिल्लो समय उनीहरुबीचको स म्ब न्ध टाढा भएको बताइने गरेको छ ।

उनले मायामा धो का पाएको पनि संकेत गरेकी छन् । उनले भनिन्, एउटा युवतीले सबै कुरा सहन सक्छ तर आफुले माया गरेको केटाले अरु कसैलाई पनि समय दिएको छ, अरुलाई पनि आफ्नो मनमा राखेको छ भन्ने थाहा पाएपछि त्यो सहन सक्दैन । मैले त्यस्तै अवस्था भोगेको छु । उनले ४ वर्ष सम्म कसैलाई धेरै महत्व दिएको र उसकै लागि आफ्ना परिवारका सदस्यलाई समेत वेवास्ता गर्ने गरेको बताइन् ।

तर अहिले म मेरो परिवारलाई सम्झन्छु, मैले मेरो अंकलहरुको कुरा कहिल्यै सुनिन् , उहाँले भन्नुभएको थियो एक दिन सबैले तँलाई विर्सन्छन् त्यती बेला हामीलाई सम्झन्छेस् भन्नु भएको थियो । तर अहिले मैले जसलाई धेरै साथ दिएँ उसकै कारण मेरो परिवार मिस गरेकी छु । मेरो आँशु आउन छोडेको छ, त्यसैले खुसी भएकी छु ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्