ब्रेकअपका बारेमा बोलिन् नम्रता, विवाहको कुरा चल्दै गर्दा किन भए अलग ?



काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ र प्रेमी दावा स्टिभन शेर्पाको ब्रेकअपको चर्चा बारे नम्रताले पनि मुख खोलेकी छन् । उनले ब्रेकअपको चर्चालाई पुष्टि गर्दै अब आफुहरु अलग भएको बताएकी छन् । विवाहको चर्चा चलेकै बेला उनीहरुको ब्रेकअपको कुरा सार्वजनिक भएको हो । नम्रता र दावा चारवर्षदेखि प्रेममा थिए । यी दुबैले सहमतीमै अलग भएर अघि बढ्ने निधो गरेको नम्रताले आफु निकट साथीहरुलाई बताएकी छन् ।

उनीहरुको ब्रेकअप केही महिना पहिले नै भैसकेको भएपनि त्यसबारे भर्खर सार्वजनिक भएको हो । ‘जहिलेसम्म हामी एकअर्कामा कम्फर्टेबल थियौं, हामी सँगै थियौं’ नम्रतालाई उध्दृत गर्दैै उनी निकट एक साथीले भने, ‘कम्फर्टेबल नभएपछि हामी अलग भएका छौं ।’

पर्यटन व्यवसायी समेत रहेका शेर्पा र नम्रता पहिलोपटक एक फिल्मको प्रिमियर समारोहको बेला कुमारी हलमा सँगै देखिएका थिए । त्यसपछि नै उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिकरुपमा प्रस्तुत गरिरहेका थिए ।

त्यसयता उनीहरु घुमघाम गर्न न्यूजिल्यान्ड र सगरमाथा आधार शिविरसम्म पुगे । चाँडै बिहे गर्ने उनीहरुको योजना पनि थियो । तर, आफूहरु प्रेममा नरहेको कुरा स्वयम नम्रताले निकट साथीहरुलाई बताउन थालेकी छिन् ।

यसअघि सामाजिक संजालमा समेत दावा र नम्रताले घुमघाम र सँगै भएका तस्बिर पनि पोस्ट गर्दै आएका थिए । तर, यो गर्न पनि छाडेपछि उनीहरुको सम्बन्धलाई लिएर अड्कलबाजी भैरहेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्