‘चपली हाइट ३’ मा बोल्ड अवतारमा देखिएकी नायिका सुपुष्पा भन्छिन: ‘बिकिनीमा असहज भएन, स्विमिङ गर्न भने डर लाग्यो’ (भिडियो सहित)



काठमाडौं-चलचित्र ‘चपली हाइट ३’ मा बोल्ड अवतारमा देखिएकी नायिका सुपुष्पा भट्टले आफुलाई बिकिनीमा असहज नभएको बताएकी छन् ।

केही दिन अगाडि आयोजित चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै उनले आफूलाई विकिनी दृश्य दिँदा असहज नभएको बरु स्विमिङ गर्न भने डर लागेको बताएकी छन् । त्र ‘चपली हाइट ३’ को एक दृश्यमा स्विमिङ पुलमा रमाउँदै गरेकी सुपुष्पाको दृश्यले ट्रेलरमा चर्चा पाएको छ ।

। सुपुष्पाले दुई वर्षपछि चलचित्र रिलिज हुन लागेको भन्दै दर्शकले माया गर्ने पनि बताइन् । लकडाउनको समयमा सुपुष्पाले बिहे गरेकी हुन् । चलचित्र आगामी पुस २ गतेदेखि सिनेमा हलमा चल्दैछ ।

चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ । चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्