आशिष र ऋतिकाको ‘झ्याइँ झ्याइँ पञ्चे बाजाले’को सर्वत्र चर्चा



काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’लगायत हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्याइँ–झ्याइँ पञ्चे बाजाले’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गीतमा आशिषलाई गायिका ऋतिका श्रेष्ठले स्वरमा साथ दिनुभएको छ ।

मंसिर महिना अझ त्यसमा पनि विवाहको मौसम सुरु हुँदै गर्दा सार्वजनिक गीतले विवाहको यो मौसममा थप रौनकता थपेको छ । महेश आचार्यको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र गायक आशिषको अभिनय देख्न सकिन्छ । बियोन्डको कन्सेप्टमा तयार भिडियोमा विदेश जान बाध्य एकप्रेम जोडीको कथा प्रस्तुत गरिएको छ ।

भिडियोको निर्देशक कविराज गहतराजले गर्नुभएको हो । डान्सिङ शैलीमा तयार भिडियो नेस स्टुडियोले निर्माण गरेको हो । कार्यक्रममा गायक तथा मोडल आशिषले राम्रो टिमवर्क, नेस स्टुडियोको सहकार्यले गीतको भिडियो राम्रो बनेको बताए । फरक जनराका संगीतकर्मीसँग काम गर्न पाउनु आफ्ना लागि सौभाग्य रहेको उहाँको भनाइछ ।

अभिनेत्री आँचल शर्माले भिडियो अभिनय गर्दाको रमाइलो अनुभव सुनाउनुभयो । नेस स्टुडियोका एसडी योगी, ब्रिजेश श्रेष्ठले समेत भिडियोमा काम गर्दाको अनुभव राख्नुभएको थियो । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई etaja[email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्