वितरण केन्द्रको पावर ट्रान्सफर्मरमा बिरालो चढेपछि आगलागी



काठमाडौ । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको पावर ट्रान्सफर्मरमा अनौठो घटना भएको छ । सबस्टेसनको पावर ट्रान्सफर्मरमा बिरालो चढेपछि आगलागी भएको छ । धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले विरालोका कारण आगलागी भएको जानकारी दिए।आगलागी हुँदा झण्डै एक घण्टासम्म विद्युत सेवा अवरुद्ध भएको र अहिले विद्युत सेवा सुचारु भइसकेको उनले बताए।

यो अर्को समाचार, बैतडीको पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले आज विहिवार र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो।

गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ। स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि आज र भोलि बिदा दिइएको बताइएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागका अनुसार दुई दिन गाउँपालिका क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण सङ्घसंस्था, वित्तिय संस्था, विद्यालय, वडा कार्यालय बन्द रहने जनाइएको छ। यसअघि मङ्सिर पहिलो साता जात्राकै लागि भने जिल्लाको दशरथचन्द नगरपालिकाले एकदिन र मेलौली नगरपालिकाले दुई दिन बिदा दिएको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्