मन्त्री बन्न नपाएर आफ्नै नेताको पुत्ला जलाएपछि भएको पद पनि गयो



काठमाडौं । मन्त्री बन्न नपाएपछि आफ्नै पार्टीका नेताको विरोध गर्दै पार्टी कार्यालयमा तालाबन्दी गर्ने एक जना सांसदलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय सदस्यवाट हटाएको छ । सांसदसमेत रहेका केन्द्रीय सदस्य प्रदीप यादवलाई पार्टीले कारबाही गरेको छ । यादवलाई केन्द्रीय सदस्यबाट हटाइएको सो पार्टीका नेता इस्तियाक राईले जनाएका छन् ।

उनलाई साधारण सदस्य कायम राखिएका कारण सांसद पद भने यथावत छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पार्टी फुटाउने प्रयास गरेका यादवलाई सरकार परिवर्तनपश्चात् मन्त्री नबनाएको भन्दै आफ्नै नेता उपेन्द्र यादवको पुत्ला जलाएका थिए । उनका कार्यकर्ताहरुले बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

अध्यक्ष यादवकै प्रस्तावमा उनलाई केन्द्रीय सदस्यबाट हटाइएको हो । नेता राईका अनुसार यादवका विषयमा छानबिन गर्न नवराज सुवेदीको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको छ । समितिले दिएको प्रतिवेदनका आधारमा उनी माथि थप निर्णय हुने राईले बताए । छानबिनमा निर्दोश देखिए कारवाही फुकुवा हुने छ भने प्रमाणीत भए कारवाही यथावत रहने राईले बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्