१५ मंसिरबाट गोलाप्रथा लागू गर्ने सर्वोच्च फुलकोर्टको निर्णय, के गर्ला अब बार ?



काठमाडौ । सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका न्यायाधीशहरूको फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मु द्दाको पेसी तोक्ने निर्णय गरेको हो ।

गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु गर्ने निर्णय गरेको हो । गोलाप्रथाबाट पेसी तोक्न राणा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए ।

नेपाल बार एसोसीएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ । यस्तै ‘हेर्दाहेर्दै’मा रहेका मु द्दालाई पनि सुनुवाइ गर्ने निर्णय भएको एक न्यायाधीशले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्