अभिनेता राजेश हमालले १३ वर्षपछि किने नयाँ कार, कति हो मुल्य ?



काठमाडौ । अभिनेता राजेश हमालको घरमा नयाँ सदस्यको आगमन भएको छ । उनले १३ वर्ष पछि नयाँ गाडी फेरेका छन् । सामाजिक सञ्जालमा हमालले नयाँ गाडी किनेको तस्बिर सार्वजनिक भएको छ । उनले विगत १३ वर्षदेखि कियाले बजारमा ल्याएको स्पोर्टेज गाडी चढ्दै आएका थिए । हमालले अहिले भने नयाँ गाडीको रुपमा जीप कम्पास फेरेका छन् ।

श्रीमती मधु भट्टराईसहित बिहीबार नक्सालस्थित जीप शो रुममा पुगेर हमालले जीप कम्पासको गाडी लिएका हुन् । युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको बताएका हमालले जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट आफु प्रभावित भएर गाडी किनेको बताए ।

बिहीबार नै हमाल नयाँ गाडी लिएर श्रीमती मधुका साथ होटल सोल्टीमा आयोजित १३ औं इजरायली चलचित्र महोत्सवमा समेत पुगेका थिए । महोत्सव उद्घाटनपछि हमालले गाडीमै बसेर महोत्सवको पहिलो फिल्म हेरेका थिए ।

बलिउड र हलिउडका कलाकारले गाडी फेरेको समाचार दैनिक सुन्न र देख्न मिल्छ । नेपाली फिल्म क्षेत्रका महानायकले गाडी फेरेको समाचार पहिला चोटी बाँहिर आएको हो । हमालले नयाँ गाडी जीप कम्पास ८४ लाखमा खरिद गरेको बताइन्छ । हमाल पछिल्लो समय फिल्म ‘सत्यम्’ अभिनय तयारीमा छन् । करिब ४ बर्षपछि उनी नयाँ फिल्ममा देखिन लागेका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्