‘म आज गोप्य कुरा खोल्छु’ भन्दै देउवाको अगाडी जब ओलीले यसो भने …



काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई काम गर्न नदिनेहरुले प्रधानमन्त्री शेरवहादुर देउवाको पनि खुट्टा तानेको बताएका छन् । उनले आउँदो चुनाव पछि एमालेको सरकार बन्ने र बाँकी रहेका काम पुरा गर्ने दावी गरेका छन् । स्थानिय तहमा ५० प्रतिशत भन्दा बढी एमालेले जित्ने पनि दावी गरे । आज म गोपनियता खोल्छु, ओलीले भने प्रधानमन्त्री देउवा पनि यहिँ हुनुहुन्छ उहाँले सुनेपनि सुन्नुहोला आगामी निर्वाचनमा एमालेले बुहमत ल्याएर समृद्ध नेपाल सुखी नेपालीको बाँकी रहेका काम पुरा गर्नेछौं ।

देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएकाले त्यसको तयारीमा आफुहरु लागेको पनि बताए । दैनिक रुपमा अन्य पार्टीवाट एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको पनि बताए । उनले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने उद्घोष गरे ।

पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यसअघि जनादेशका लागि जान खोज्दा रोकिएको स्मरण गरे । अरु राजनीतिक शक्तिहरुले जनतामा जान डराएर चुनाव रोकेको उनको टिप्पणी थियो । उनले १० महाधिवेशनमा पनि हजारौं मानिस पार्टी प्रवेश गर्न चाहेको भएपनि त्यसो नगरिएको बताए । यो पार्टी प्रवेशका लागि आयोजना गरेको कार्यक्रम होइन, त्यसैले पार्टी प्रवेश गराइएन । चाहेको भए आज १० औं हजार मानिस एमाले प्रवेश गर्थे ।

ओलीले भने, ‘निकट भविष्यमा चुनावहरू आउँदैछन् । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं । जनमतको तयारी गर्नेछौं । अब हामीले यस देशका लागि एकल बहुमत ल्याउनुपर्ने छ ।’ देशको सार्वभौमसत्ता र लोकतनत्रको रक्षाको लागि एमालेको बहुमत चाहिएको ओलीको भनाइ थियो । ‘संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्छ,’ ओलीले भने ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्