माओवादी पुर्व लडाकुलाई ओलीले भने, ‘नेकपा एमाले तपाईहरुकै पार्टी हो-वाटो विराएर त्यता जानुभो’



काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब माओवादीका पुर्व लडाकुहरुलाई एमालेमा प्रवेश गराउने बताएका छन् । उनले अब महाधिवेशन पछि आफुहरु त्यसतर्फ लाग्ने पनि बताए । महाधिवेशन पछि नै माओवादीका पूर्व लडाकुहरुको व्यवस्थापनमा लाग्ने पनि उनले उद्घोष गरे ।

नेकपा एमालेको १० औं महाधिवेशनको चितवनमा उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, महाधिवेशन पछि हामी माओवादीका पूर्व लडाकुको ब्यवस्थापनमा लाग्छौं, १० औं हजार पूर्व लडाकुहरुलाई एमाले प्रवेश गराउँछौं । एमाले तपाईहरुकै पार्टी हो । तपाईहरु वाटो बिराएर त्यता लाग्नु भो । तपाईहरु मन्त्री, मेयर बन्न पाउनुभएन । को को मन्त्री मेयर बने त्यो मैले भनिहन पदैन ।

आफुलाई काम गर्न नदिनेहरुले प्रधानमन्त्री शेरवहादुर देउवाको पनि खुट्टा तानेको बताएका छन् । उहाँलाई अतिथि बनाएर सरकारका विषयमा टिप्पणी गर्नु वाञ्छनीय हुँदैन । तर, प्रधानमन्त्रीजीलाई पनि गाह्रो छ कि ? मलाई अप्ठेरो पार्ने र खुट्टा तान्नेहरू आज उहाँको खुट्टा सामातिराख्या छन् ।’

ओलीले आगामी चुनावबाट एमालेको सरकार बन्ने सँगै मञ्चमा रहेका देउवालाई सुनाए । ‘प्रधानमन्त्रीजीकै सामु एउटा गोपनियता खुस्काउनुपर्ने भयो,’ ओलीले भने, ‘त्यो के भने आउँदो चुनावपछि एमालेको सरकार बन्छ । स्थानीय तहमा ५० प्रतिशतभन्दा बढी सिट एमालेले हासिल गर्छ ।

देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएकाले त्यसको तयारीमा आफुहरु लागेको पनि बताए । दैनिक रुपमा अन्य पार्टीवाट एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको पनि बताए । उनले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने उद्घोष गरे ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्