लिम्बू समुदायको समाधिस्थल संकटमा : अन्त्येष्टिमा सामूहिक हट्दै, एकल बढ्दै



तेह्रथुम : नेपालमा बसोबास गर्दै आएका जातजातिहरूको आ-आफ्नै भाषा कला संस्कार संस्कृति रहँदै आएको छ । त्यस्तै पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बूहरूको पनि छुट्टै संस्कार छ ।

आफूलाई आदिमकालदेखि नै बसोबास गर्दै आएको समुदायको रुपमा लिम्बूहरूले लिने गरेका छन् । जन्मदेखि मृत्यृसम्म आफ्नै संस्कार संस्कृति रहेको छ, यो समुदायको । आफूहरू यो धर्तीको (हाङ) राजा भएकोले मृत्यृ प्रश्चात कुनै निश्चित समाधिस्थलमा दाहसंस्कार गर्ने परम्परा रहँदै आएको छ । भूमिसुधार लागु हुनु पूर्व किपोटियाको रहेका लिम्बूहरूले आफ्ना आफन्तको मृत्यृ हुँदा समाधिस्थलमा नै चिहान बनाएर दाहसंस्कार गर्ने गरेका छन् ।

यी समुदायमा आर्थिक रूपमा सम्पन्न परिवारका सदस्यहरूले कपुरथान अर्थात् पक्की चिहान बनाउने प्रचलन रहँदै आएको छ । तर,पछिल्लो समय यी समुदायमा सामूहिक रूपमा दाहसंस्कार गर्ने परम्परा हराउँदै जान थालेको छ ।

पुस्तौदेखि भएको समाधिस्थलहरूमा जग्गा अभावसँगै सरकारले सामुदायिक वनको अवधारणा ल्याएपछि यी समुदायलाई समस्या हुँदै गएको शंखरमान खेवाले बताए ।

उनी भन्छन्, ‘राज्यले लिम्बू समुदायको संस्कार सस्कृतिमा प्रहार गर्दै नियोजित रूपमा समाधिस्थलहरू सरकारीकरण गरेको छ । भाषा लिपी संस्कार सस्कृति संरक्षणका लागि अहिले पुस्ताले ध्यान नदिए अस्तित्व नै संकट हुँदै जाने देखिन्छ । त्यसैले समाधिस्थलकबारे बेलैमा नसोच्ने हो भने लिम्बूहरूको एक घर एक समाधिस्थल बन्ने देखिन्छ ।’

पछिल्लो समय लिम्बू समुदायमा आफ्नै निजी जग्गामा आफ्ना आफन्तहरूको मृत्यृ हुँदा राख्ने चलन सुरु भएको छ । केही दशकअघिसम्म समाधिस्थलमा मात्र दाहसंस्कार गर्दै आएका यी समुदायमा आफ्नै जग्गामा राख्ने चलन सुरु गरेका छन् ।

समाधिस्थलहरूमा विभिन्न समस्या कारणपछि निजी जग्गाहरुमा दाहसंस्कार गर्दै आएको सूर्य मादेनको भनाइ छ । दहासंस्कारका लागि समाधीस्थलहरूमा ढुंगा अभावका साथै दूरी टाढा भएका कारण पनि पछिल्लो समयमा सामुहिक रुपमा दहासंसकार गर्ने प्रचलन हराउँदै गएको मादेन बताउँछन ।

यी समुदायका कालगतीले मृत्यृ हुँदा समाधिस्थलमा चिहान बनाएर अन्त्येष्टि गर्ने चलन छ भने कोही अकालमा देहत्याग, ल’डे’र या कुनै कारण मृत्यृ भएमा ज’ला’एर अन्त्येष्टि गर्ने गरेका छन । कोही कसैको मृत्यृ भए छोरी भए तीन दिन र छोरा भए चार दिनमा नुनतेल गर्ने प्रचलन रहँदै आएको छ ।

यो समुदायका दाहसंस्कारपछि आफ्ना आफन्तको सम्झनामा चौतारा,धर्मसाला पाटी र स्मरणका लागि वरपिपल रोप्ने गरेका छन् । यसरी घरघरै समाधिस्थल बनाउने चलनले लिम्बू समुदायमा विकृतिको रूप लिँदै गएको अग्रजहरूले बताउने गरेका छन् ।

लिम्बू समुदायका अग्रजहरूले दाहसंंस्कारका लागि सामुहिक समाधिस्थलकबारे ध्यान दिन आवश्यक देखिन्छ । पछिल्लो समय लिम्बू समुदायको बसोबास गरेका गाउँहरूमा रहेको घर-घरमा चिहान देखिने थालेका छन् ।

खासगरी पूर्वको तेह्रथुम, धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, ईलाम, झापा, मोरङ, सुनसरी लगायत राजधानी र विभिन्न देशमा यी समुदाय बसोबास गर्दै आएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्