बुद्धको विमान चढ्दा मृत्युलाई नजिकबाट देख्ने यी हुन् शकु शाह, जो भाग्यले बाँचिन



आज मैले बाँच्ने आशा मारिसकेकी थिएँ । मृत्युलाई यति नजिकबाट यसअघि कहिल्यै नियालेको थिइनँ ।’ गत बिहीबार इन्जिन फेलपछि बुद्ध एयरमा सवार सञ्चारकर्मी शकु शाहले दिएको बयान हो यो ।

‘आफ्नै सुरक्षित उडान’ नारा दिँदै आएको बुद्धमा यस्ता घटनाहरू एकपछि अर्को बढ्दै जान थालेका छन् । पछिल्ला चार महिनाका घटना केलाउने हो भने पनि आधा दर्जन पटक बुद्धका विमान करिब करिब दुर्घटना नजिक पुगेर जोगिएका छन् । गत बिहीबार बुद्धको इन्जिन फेल विमानमा सवार शकु शाहको कहालिलाग्दो अनुभूति उनकै शब्दमा :

२०७८ पुस १ गते मलाई भरतपुरबाट काठमाडौं जानुपर्ने भयो । म प्रायः प्लेनमा नै आउजाउ गर्छु । बुद्ध एयरको विमानमा धेरै पटक आउजाउ गरेको छु । यसपटक पनि बुद्ध एयरको टिकट काटेँ । नाइनएन–एईईको विमानको फ्लाइट ११ः४५ का लागि तय थियो । विमानमा मलगायत १८ यात्रु र चालक दलका सदस्य थियौं । तर निर्धारित समयमा प्लेन उडेन । मौसमलगायत कारण तोकिएको समयमा जहाज उड्न सक्दैनन् । मौसमकै कारण विलम्ब भयो होला भन्ने ठानेँ ।

दिउँसो १ः१६ बजे प्लेन उड्यो । मलाई भरतपुर विमानस्थलमा छाड्न मिलन लामा र नृत्यु निर्देशक शिव विक आउनु भएको थियो । लगत्तै उहाँहरूलाई मोबाइल फोनमार्फत प्लेन उडेको सन्देश पठाएँ ।

प्लेन उड्दै गर्दा फेसबुकमा भिडियो सन्देश राख्ने चाहा पलायो । मोबाइल झिकेँ र भिडियो खिच्न थालेँ । १६ सेकेन्डको भिडियो खिच्न के भ्याएको थिएँ, प्लेनमा ब’ड्या’ङ्ग वि’स्फो’टको आवाज आयो । ८ सी मेरो सिट नम्बर । धुँवाको मुस्लो एकछिनमा प्लेनभरि रं’गमं’गियो ।

प्रायः म डोमेस्टिकमा ट्राभल गरिरहन्छु । मलाई प्लेनले सामान्य ढंगले हल्लाउँदा डर लाग्दैन । तर धुँवा आउनुचाहिँ सामान्य होइन भन्ने थाहा थियो ।हामी सवार प्लेनमा धेरै जना नयाँ हुनुहुन्थ्यो, सिट बेल्टसमेत बाँ’ध्न नजान्ने । कतिपयको त म आफैंले बाँ’धि’दिएँ । त्यसैले होला, प्लेनमा ‘वि’स्फो’ट भएर धुँवा आइसक्दासमेत उहाँहरू नर्मल हुनुहुन्थ्यो । दुर्घटनामा पर्न लागेको हाउभाउ कसैको थिएन ।
जब धुँवाले जहाज गुम्सियो, सबै आत्तिए ।

नठाँटी भन्दा सुरुवातमा मचाहिँ आत्तिएको थिइनँ । एयर होस्टेज पनि आत्तिनु भएको थिएन । चरा ठोक्किँदा सामान्य समस्या आएको उहाँको भनाइ थियो । पछि उहाँले एउटा इन्जिन फेल भएको बताउनु भयो । यात्रुलाई ढाडस दिन भन्दै हुनुहुन्थ्यो– प्लेनमा दुई इन्जिन हुन्छन् । यीमध्ये कुनै एकमा समस्या आए पनि अर्कोले काम गर्छ । हामी अब काठमाडौं सकुशल अवतरण गर्दैछौं ।

यति कुरा भनिराख्दा उहाँको मुहार शान्त थियो । त्रासको लेससम्म देखिँदैनथ्यो । एयर होस्टेजको कन्फिडेन्सले लागेको थियो–सकुशल नै काठमाडौं पुगिने भइयो । प्लेन उडेको मात्रै एक मिनेट जति भएको थियो । तर यो त यताउता ‘स्विङ’ पो गर्न थाल्यो ।

प्लेन आकाशमा जब ‘स्विङ’ गर्न थाल्यो, बाँच्ने आशा कम हुँदै गयो । अरू यात्रुहरू कहालिन थाले । काठमाडौं नलगेर त्यहीँ भरतपुर झारिदिने अनुरोध अधिकांश गर्दै थिए । यति हुँदाहुँदै एयर होस्टेज ‘केही नहुने’ भन्दै काठमाडौं जान लागेको बताइरहेका थिए ।

विमानमा कोलाहल म’च्चि’यो । कोही ‘अब यति नै रहेनछ’ भनेर रुँदै थिए, कोही अन्तिम पल परिवारका सदस्यसँग फोनमा कुरा गर्नुपर्‍यो भनेर फोन डायल गर्दै थिए । मिडिया पर्सन भएकाले म धेरै आत्तिएको थिइनँ । तर माहोल यति कोलाहलपूर्ण बन्यो कि सम्हालिनै सकिनँ ।

कताकता भिडियो बनाऊ कि भन्ने नलागेको होइन । तर बनाइनँ । अब आफू नै बाँच्ने आश छैन भने भिडियो बनाएर के अर्थ ? भन्ने लाग्यो ।यति हुँदै गर्दा प्लेनको पंखा पनि बन्द भइसकेको थियो । धुँवा यततत्र फैलिएकाले आगो सल्किसक्यो भन्ने मलाई परेको थियो । मैले मृत्यु सन्निकट भइरहेको अनुभूति गरेँ । बाँच्ने आशा ममात्रै होइन, कुनै पनि यात्रुमा थिएन ।

जब मानिसलाई संकट आइलाग्छ, सम्झिने भनेको भगवान् नै रहेछन् । नजिकै एक जना बहिनी थिइन् । हात समातेर रोयौं । ‘हे भगवान्, हामीलाई जसरी पनि बाँच्नु छ, सकुशल प्लेन ल्याण्ड होस्’ भनेर कामना गर्यौं ।सुरुमा समस्या आउँदा विमान काठमाडौं नै जाने बताइएको थियो । तर फेरि भरतपुर नै अवतरण गर्ने तयारी गरेको सुनियो ।धुँवाका कारण आगो सल्किसक्यो भन्ने हामीलाई परेको थियो । यो खबरले जमिनमा पुगेपछि ब्लास्ट हुन्छ भन्ने आ’तं’क’ले थप सतायो ।

तर पाइलटले जहाजलाई सुरक्षितपूर्वक अवतरण गराउनु भयो । कतिपय बेल्ट खोल्नै नजान्ने हुनुहुन्थ्यो । पछि थाहा पाएँ, उहाँहरूको बेल्ट मैले नै खोलिदिएको रहेछु । प्लेनमा एयर होस्टेजलाई धन्यवाद भनेको मसिनो सम्झना छ, तर कतिबेला बाहिर निस्किएँ, कुनै पत्तो छैन ।बाहिर निस्किएपछि एकआपसमा अंकमाल गरेर एक घण्टा सबैजना रोयौं । तारन्तर मोबाइलमा फोन आइरहेको थियो । तर बोल्न सक्ने ताकत थिएन । ज्यान कापिरहेको थियो ।

परिवारका सदस्यले घरकै छतबाट पंखा बन्द भएको देख्नु भएको रहेछ । तत्काल भेट्न आउनु भयो । यसले अलिकति भने पनि ढाढस मिल्यो । सबैतिर ‘भगवान दाहिना रहेछन्, बाँचँे’ भनेर फोन गरे । पुस १ गते जसरी पनि काठमाडौं पुग्नै पर्ने थियो । अरू पनि कोही अस्ट्रेलिया, कोही कता जान लागेका थिए ।

सबैलाई यात्रा अगाडि बढाउनु त थियो तर प्लेन चढ्ने हिम्मत कसैमा थिएन । बुद्धको जहाज रनवेमा रोकिएकाले तत्काल प्लेन उड्ने सम्भावना पनि थिएन । सबैले टिकट ‘रिफन्ड’ गर्‍यौं । त्यो जहाजमा सवार १८ यात्रुमध्ये मलगायत चार जनाले स्कार्पियो रिजर्भ गर्‍यौं । बाँकी कसरी गन्तव्यमा पुग्नुभयो थाहा छैन तर मेरो विचारमा कसैले पनि प्लेनमा यात्रा गर्न सक्नु भएन होला ।

बाटोमा स्कार्पियोले कतै कतै स्पिड अलिक बढाउँथ्यो । कतै–कतै घच्याकघुचुक हुन्थ्यो । यो स्वभाविक थियो । तर हामी त्रस्त बन्थ्यौं । ‘बल्लतल्ल बाँचेर आएका छौं, हतार नगर्नुस्’ भन्ने आग्रह गर्दागर्दै काठमाडौं आइपुगिएछ । त्यो त्रास अहिलेसम्म मनबाट हटेको छैन । साना आवाज आउँदा पनि त्रसित हुन्छु । झस्कन्छु । थाहा छैन, कहिलेसम्म यसरी आ’तंक’ले मनमा घर गरिरहने हो ?

काठमाडौं आइपुग्दा रातिको सवा नौ बजिसकेको थियो । काठमाडौंका लागि स्कार्पियो चढ्नुपूर्व फेसबुकमा विमानको त्रासद पीडा झल्किने एउटा भिडियो पोस्ट गरेको थिएँ । काठमाडौं झरेलगत्तै फेसबुक खोलेँ । इनबक्स म्यासेज नै म्यासेजले भरिएको रहेछ । भिडियोमा पनि उत्तिकै क्रियाप्रतिक्रिया । त्यसमध्ये अधिकांशले हामीलाई आशीर्वाद दिनुभएको थियो । केही कमेन्टले चाहिँ मलाई मरेतूल्य बनायो । सस्तो लोकप्रियताको लागि यस्तो गरिएको उहाँहरूको आरोप थियो ।

वास्तबमा मैले यो पोस्ट पब्लिसिटीका निम्ति गरेकै थिइनँ । आफ्नो अवस्था र वायु सेवा कम्पनीको लापरबाहीबारे जानकारी दिनु मेरो एकमात्र ध्येय थियो । यदि यस्तो निच कमेन्ट आउने थाहा पाएको हुन्थे भने पोस्ट नै गर्ने थिइनँ होला । सायद आफू र आफन्तलाई परेको भए यस्ता कमेन्ट गर्नेले बुझ्थे होला ।

प्लेन कसले उडाएको थियो, मलाई अहिलेसम्म थाहा छैन । हतारमा धन्यवाद ज्ञापन गर्न पनि भ्याएको छैन । हामीलाई बचाउने चालक दलका सदस्यप्रति म कृतज्ञ छु । सुनेको थिएँ, बुद्ध एयर सुरक्षित विमान कम्पनी हो । उसको दाबी पनि यस्तै छ । तर यो गलत रहेछ । जसको भुक्तभोगी आफैं भएँ । मेरो प्रश्न छ–बुद्ध एयरले मानिसको जीवनमाथि खेलबाडचाहिँ किन गरिरहेको छ ?

बुद्ध एयरलाइन्सको विमानमा समस्या आएको यो पहिलो घटना होइन । बुद्धका विमान पछिल्ला केही महिनामा मात्रै पटक–पटक दुर्घटनाको नजिक पुगेर जोगिएका छन् ।

पटक पटक प्लेनमा समस्या आउँदा पनि उडानका लागि पठाइएका छन् । यो गम्भीर विषय हो । यति गम्भीर विषयमा छलफल किन भइरहेका छैनन् ? यसबारे हेर्ने निकाय कुन हो ? त्यसले कारबाही किन गरिरहेको छैन ? मानिसको जीवनमाथि भइरहेका खेलबाडका घटनालाई सामान्य नबनाइयोस् । गम्भीरतापूर्वक छानबिन गरेर समाधान गरियोस् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्