ग्रिसमा गाडी दुर्घटनमा परि ४ नेपालीको मृत्यु, मृत्यु हुनेको पनि पहिचान खुल्यो



काठमाडौ । अ’वै’ध तरिकाले ग्रिस प्रवेश गर्न खोज्दा सडक दुर्घटनामा परेर निधन भएका ४ नेपालीको सनाखत भएको छ । मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा ४ जना नेपालीको मृत्यु भएको थियो । ति मध्य अहिले सम्म एक जना कैलालीका लक्ष्मण सापकोटाको सनाखत भएको थियो ।

तर दुतावासले अहिले चारै जनाको सनाखत भएको जनाएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा सडक दुर्घटनामा परेका थिए । मृत्यु हुने ४ जना नेपाली भएको खुलेपनि उनीहरुको पुरा पहिचान भने भएको थिएन । दुतावासका अनुसार मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् ।

ग्रिस प्रहरीले अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मा दुर्घटनामा परेकाहरुको फोटो सार्वजनिक गरेर उनीहरुको पहिचानका लागि पहल गरेको थियो । नेपाली दुतावास भियनाले चारै जनाको पहिचानको लागि पहल गरेको हो । मृ तकका परिवारले फोटो मार्फत सनाखत गरेका हुन् ।

दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले अब शवलाई नेपाल पठाउने प्रक्रिया सुरु भएको बताएका छन् । दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य घाइते भएका थिए ।

तिब्र गतिमा भएको गाडीले सन्तुलन गुमाएर दुर्घटना भएको बताइएको छ । घटनामा दुई नेपाली सहित ८ जना घाइते भएका हुन् । घाईते नेपालीहरुले नै दुर्घटनामा अन्य ४ जनाको मृत्यु भएको बारे जानकारी दिएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्