यी दम्पत्ति मिलेर गरे यस्तो काम जसकारण काठमाडौं जिल्ला अदालतले दियो यस्तो आदेश



काठमाडौँ — ललिता निवासको जग्गामा हिनामिना प्रकरणका मुख्य आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरेर बेचविखन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं–१३ ताहाचल घर भएका सुवेदी दम्पतीलाई बुधवार पक्राउ गरेको थियो । बालुवाटारको जग्गा किर्ते मुद्दामा लामो समयदेखि अनुसन्धान गरिरहेको ब्यूरोले आरोपीहरुलाई पक्राउ गर्न थालेको छ ।

सुवेदी वि.सं २०५० सालअघि लेखनदासका रूपमा चिनिन्थे । त्यही क्रममा पञ्चायतकालमै सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको ललिता निवासको जग्गा तत्कालीन भोगाधिकारी रहेका सुवर्णशम्शेरका नातेदारसँग मिलेर व्यक्तिको नाममा ल्याउन सुवेदी बिचौलियाको भूमिका खेलेका थिए । त्यसपछि तत्कालीन भोगाधिकारीसँगै मिलेर सरकारी जग्गा व्यक्तिको नाममा ल्याएपछि सस्तोमा खरिद गरी प्लटिङ गरेका थिए ।

ब्यूरोले सुवेदी दम्पतीमाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । बालुवाटारको जग्गा हिनामिना सम्बन्धमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको थियो ।

सरकारको नाममा आएको जग्गा सुवेदी दम्पतीले मालपोत र नापी कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारेर कागजात किर्ते गरेर बेचेका थिए । सो जग्गा किनबेचमा मुख्य ‘बिचौलिया’ को रुपमा देखिएको सुवेदी दम्पतीले तत्कालीन मन्त्री र प्रधानमन्त्रीहरूलाई समेत प्रभावमा पारेर निर्णय गरिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्